काठमाडौं । प्रि बुकिङ गरेका ग्राहकले वहुप्रतिक्षित एक्स्पेङ जी-६ एसयूभी दशैं अघि नै पाउने भएका छन् ।
एक्स्पेङको नेपालको लागि आधिकारिक वितरक सीजी मोटर्सले जी-६ दशैं अघि नै नेपाल ल्याइसक्ने र ग्राहकलाई वितरण गर्ने जानकारी दिएको हो ।
सीजी मोटर्सका अनुसार एक्स्पेङ जी-६ चीनबाट नेपालका लागि सिपिङ भइसकेको र चाँडै नेपाल आइपुग्ने छ ।
कम्पनीले गत भदौमा सम्पन्न नाडा अटो शोमा जी-६ को बुकिङ लिएको थियो । सीजी मोटर्सले प्रारम्भिक पूर्वानुमान गरेभन्दा धेरै संख्यामा एक्स्पेङ जी-६ बुकिङ भएको जनाएको छ । यद्यपि, कति संख्यामा बुकिङ भएको भन्ने बारेमा खुलाएको छैन ।
एक्स्पेङको स्मार्ट ड्राइभिङ प्रविधिहरू स्वचालित ड्राइभिङ, अल्ट्रा-फास्ट चार्जिङ, ५०:५० लोड रेसियो र एसईपीए २.० प्ल्याटफर्म ले ग्राहकलाई आकर्षित गरेको छ ।