नेपालमा महिन्द्रा स्कर्पियो पिकअपको ५ हजारको माइलस्टोन पार

काठमाडौं । नेपालमा मन्हिद्रा स्कर्पियो पिकअपले ५ हजार वटाको माइलस्टोन पार गरेको छ । नेपाली बजारमा ५ हजार बढी विक्री हुँदै महिन्द्रा स्कर्पियो सबैभन्दा धेरै विक्री हुने लाइफस्टायल पिकअप बनेको हो ।

अफरोड वा एडभेन्चर यात्राका लागि रोजाइमा पर्ने स्कर्पियो पिकअप नेपाली सडकमा ५ हजार बढीको संख्या गुडिरहेको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेडले जनाएको छ ।

फुल अप्सन, प्रुभन पफर्ममेन्स र हाइएन्ड फिचर्स कारण स्कर्पियो नेपाली बजारमा रोजाइको पिकअप बन्न सफल भएको हो । डबल क्याब पिकअपमा ५ यात्रु सहित सामान राख्नका लागि पछाडिको भागमा ठूलो स्पेस रहेको हुन्छ । जसकारण रोजाइमा पर्ने गरेको छ ।

नेपाली बजारमा यो विभिन्न भेरियन्ट र चार रङमा उपलब्ध रहेको छ । फोर ह्वील ड्राइभ, फोर ह्वील ड्राइभ अफ रोड क्षमता, स्टाइलिश मोडल, उच्च स्तरको विशेषता, शक्तिशाली प्रर्दशन, अधिकतम सुरक्षा र प्रतिस्पर्धी मूल्यका कारण यो नेपाली बजारमा सफल भएको हो ।

स्कर्पियोे लोकप्रियता नेपाली बजारमा मात्रै नभई विश्वव्यापी रूपमा ट्युनिसिया, दक्षिण अमेरिका, युरोप, अस्ट्रेलिया, एशिया र अफ्रिकाका धेरै बजारहरूमा समेत उपलब्ध छ ।

चर्चित एसयूभी स्कर्पियोको प्लेटफर्ममा बनेको महिन्द्रा पिकअपमा चार सिलिन्डरयुक्त २.२ लिटर टर्बो डिजेल एमहक इन्जिने १४० हर्सपावर र ३२० एनएम टर्क छ । यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स साथै फोर ह्वील ड्राइभ सिस्टम छ ।

सुरक्षाका लागि यो पिकअपमा डूअल एयरब्याग, एबीएस, रिमोर्ट कन्ट्रोल सेन्ट्रल लक लगायत फिचर्सहरू रहेका छन् । स्कर्पियो डबल क्याब पिकअप एस ६ र एस १० मा उपलब्ध छ ।

सुपथ मूल्यमा धेरै फिचर्स र शक्तिशाली इन्जिन भएकाले नै नेपाली बजारमा पाउने अरु पिकअपहरू भन्दा महिन्द्रा स्कर्पियो उत्कृष्ट बनेको छ ।

महिन्द्रा स्कर्पियो नेपालमा विगत ३ दशकदेखि अग्नी इन्कर्पोरेटेड विक्री वितरण गर्दै आएको छ । अग्नीले देशको सातै प्रदेशमा विक्री र विक्रीपछि मर्मत सेवाहरू प्रदान गर्दै आएको छ । अग्नीका देशभर ८० भन्दा बढी नेटवर्कवक, शोरुम तथा सर्भिस सेन्टरहरू छन् ।


Back_to_top