काठमाडौं । महिन्द्राका तीन एसयूभीले एकसाथ क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएका छन् । भारत एनक्याप सेफ्टी रेटिङमा समावेस भएका एक्सयूभी-४००, एक्सयूभी थ्रीएक्सओ र थार रक्सले ५ स्टार रेटिङ पाउन सफल भएका हुन् ।
महिन्द्राको इलेक्ट्रीक मोडल एक्सयूभी-४०० ले एडल्ट प्यासेन्जर सुरक्षामा ३२ अंकमा ३०.३८ अंक हासिल गर्दै ५ स्टार पाउन सफल भएको हो । त्यस्तै चाइल्ड सुरक्षामा ४९ अंकमा ४३ अंकसहित ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।

त्यस्तै महिन्द्राको बहुचर्चित अफरोड एसयूभी थार रक्सले ३२ मा ३१.०९ अंकसहित एडल्ट प्यासेन्जर सेफ्टीमा ५ स्टार रेटिङ पाउन सफल भएको हो । त्यस्तै चाइल्ड सुरक्षामा ४९ अंकमा ४५ अंक प्राप्त गर्दै अब्बल बनेको छ ।

महिन्द्राको सब फोर मिटर एसयूभी थ्रीएक्सओले पनि ५ स्टार रेटिङ पाएको छ । भारत एनक्यापका अनुसार थ्रीएक्सओले एडल्ट प्यासेन्जर सेफ्टीमा ३२ मा २९.३६ अंक र चाइल्ड सुरक्षामा ४९ मा ४३ अंक पाउन सफल भएको छ ।

