महिन्द्राको  ट्र्याक्टर खरिद गर्दा ४ लाखसम्म नगद पाइने

काठमाडौं । नेपालका लागि महिन्द्रा अटोमोबाइल र ट्रयाक्टरहरूको आधिकारिक वितरक, अग्नि इन्कर्पोरेटेडले चाडपर्वलाई लक्षित गरि ‘महिन्द्र उत्सव २०२४’ अभियान विशेष योजना ल्याएको छ ।

यस योजना अन्तर्गत महिन्द्रा ट्रयाक्टर खरिद गर्ने ग्राहकहरूले स्क्र्याच कार्ड मार्फत पहिलो मौकामा हात खाली नहुने नगद पुरस्कार छुट प्राप्त गर्नेछन् । साथै, बम्पर इनाममा १ लाख, २ लाख र ४ लाख नगद जित्ने थप तिन मौकाहरू पाउने कम्पनीले जनाएको छ  ।

बम्पर इनाम, ३ जना भाग्यशाली विजेताहरुलाई ‘लक्की ड्र’ कार्यक्रममार्फत छनौट गरी प्रदान गरिने छ । लक्की ड्रका विजेतालाई अभिनेत्री स्वस्तिमा खड्काले नगद हस्तान्तरण गर्नेछिन् ।

कम्पनीले ल्याएको यस वर्षको योजना, महिन्द्रा ट्र्याक्टर मुख्य प्रायोजक रहेको, प्रदर्शनमा आउँदै गरेको नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’सँग पनि जोडिएको छ ।

यो योजना असोज १ गतेदेखि मंसिर ३० गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।


Back_to_top