काठमाडौं । भारतीय अटोमोवाइल कम्पनी महिन्द्राले आफ्नो सफल मोडल एक्सयूभी ३०० को डिजाइनसँगै नाम पनि परिवर्तन गरेको छ । कम्पनीले नयाँ नाम ‘एक्सयूभी थ्रीएक्सओ’ बनाएको हो ।
महिन्द्राले केही समय अगाडि ‘वानएक्सओदेखि नाइनएक्सओ’सम्मको नामलाई पेटेन्ट दर्ता गराएको थियो । नयाँँ नामसहित एक्सयूभी थ्रीएक्सओ आगामी अप्रिल २९ तारिखबाट बिक्री सुरु हुने जनाइएको छ ।
सुरुमा पेट्रोल र डिजेलमा उपलब्ध हुने एक्सयूभी थ्रीएक्सओ केही महिनापछि इलेक्ट्रीकमा पनि उपलब्ध हुनेछ । कम्पनीले नयाँ एसयूभीलाई आफ्नो इलेक्ट्रीक लाइनअपमा दिइएको डिजाइन क्यूबलाई प्रयोग गरेको छ । एलइडी लाइटको भरपुर प्रयोग गरिएको एसयूभीमा टु पार्टस् ग्रिल, ठूलो सेन्ट्रल एयर इन्टेक दिइएको छ ।
महिन्द्राले यसमा १.५ लिटर डिजेल, १.२ लिटर टर्बो पेट्रोल र १.२ लिटर टीजीडीआई टर्बो इन्जिन दिएको छ । उक्त इन्जिन बीएस सिक्स स्टेज टु मापदण्ड अनुसार तयार पारिएको हो ।
आगामी चाडपर्वको अवसर पारेर महिन्द्राले यसको इलेक्ट्रीक मोडल बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।

