काठमाडौं । प्रिमियम इलेक्ट्रीक स्कुटर एथर किन्न चाहनेलाई निकै सहज भएको छ । आधिकारीक बिक्रेता वैद्यज् इनर्जीले एथरका स्कुटरमा ब्याज नलाग्ने र डाउन पेमेन्ट नै गर्नु नपर्ने स्कीम ल्याएको हो ।
एथर इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारीक बिक्रता वैद्य्ज इनर्जीले मंसिरबाट स्कुटर बिक्री सुरु गरेको हो ।
कम्पनीले ल्याएको स्कीममा शून्य प्रतिशत डाउन पेमेन्ट अन्तर्गत २४ महिनाको किस्ता अवधि पाउने छन् । यसमा ग्राहकले स्कुटर बराबरको रकम २ वर्ष भित्रमा चुक्ता गर्नु पर्ने हुन्छ । डाउन पेमेन्ट नगर्नेले १५ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ ।
त्यस्तै ब्याज नलाग्ने स्कीममा एथरका स्कुटर किन्दा मूल्यको ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यो स्कीममा ९ महिना अबधिमा स्कुटरको बाँकी ५० प्रतिशत रकम ९ महिनाको अवधिमा तिर्नु पर्नेछ ।
बैद्य्ज इनर्जीले नेपाली बजारमा एथर ४५० एक्सको दुई भेरियन्ट बिक्री गर्दै आएको छ । एथर ४५० एक्समा २.९ र ३.७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसको वेस भेरिन्टले १११ किलोमिटर र टप भेरियन्टले १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ ।
वैद्य्ज इनर्जीले एथर ४५० एक्सको वेस भेरियन्टको मूल्य ३ लाख ९९ हजार र ४ लाख ३९ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

