यी हुन् पाँच प्रतिशत बढी ईभी बिक्री हुने ३१ देश, किन अटाएन नेपाल ?

काठमाडौं । विश्वका ३१ देशमा कुल अटोमोवाइल बिक्रीको ५ प्रतिशत विद्युतीय साधनको हिस्सा पुगेकोे छ । टीपीङ पोइन्ट रिसर्च एजेन्सीका अनुसार छिटै यो संख्या २५ प्रतिशत पुग्नेछ ।

विश्वका ठूला कार निर्माता देशहरु चीन, अमेरिकी र यूरोपमा बढ्दो गतिमा विद्युतीय कारको बिक्री भइरहेको छ । संसारकै नर्वे यस्तो देश हो, जहाँ सन् २०१३ को तेस्रो क्वाटरमै ईभी ५ प्रतिशतभन्दा बढि बिक्री भएको थियो ।

नेदरल्याण्डले सन् २०१८ को चौथो क्वाटरमा यो आँकडा पार गरेको थियो । नर्वेमा अहिले कुल कार बिक्री मध्ये ईभीको हिस्सा ७९.६ प्रतिशत रहेको छ । टीपीङ रिसर्चले नेपाललाई सूचीमा समाबेस गरेको छैन । नेपाल पनि धेरै ईभी बिक्री हुने देशको सूचीमा नर्वेपछि आउँछ । नेपालमा पनि अहिले ७५ प्रतिशत माथि ईभीको बजार हिस्सा पुगेको छ ।

संख्यात्मकरुपमा थोरै भएपनि बजार हिस्साको आधारमा नेपाल ईभी प्रयोग गर्ने अग्रणी देश हो । नेपाललाई रिसर्चले समेट्न सकेको छैन । चीनले सन् २०२० को चौथो क्वाटरमा ५ प्रतिशतको आँकडा पार गरेको थियो ।

सन् २०२३ को चौथो क्वाटरमा चीनमा ईभीको हिस्सा २३.८ प्रतिशत पुगेको छ । पूर्वी युरोपियन देश रोमानियामा चौथो क्वाटरमा १०.८ प्रतिशत ईभी बिक्री पुगेको हो ।

अमेरिकामा पनि सन् २०२१ को चौथो क्वाटरमै ईभीको हिस्सा ५ प्रतिशत पार भएको थियो । त्यहाँ सन् २०२३ को चौथो क्वाटरमा ८.१ प्रतिशत पुगेको थियो ।

अमेरिकी बजारमा प्लगइन हाइब्रिड र प्योर ईभीको संयुक्त बिक्री ९.१ प्रतिशत अर्थात् १४ लाख पुगेको छ ।


Back_to_top