आगामी हप्ता सार्वजनिक हुँदै पल्सर एन २५० को नयाँ भर्सन

काठमाडौं । पल्सर एन २५० को नयाँ भर्सन अर्को हप्ता सार्वजनिक हुने भएको छ । भारतीय बजारमा अपडेट सहितको बजाज पल्सर एन २५० अप्रिल १० मा सार्वजनिक हुने भएको हो ।

कम्पनीले पछिल्लो समय कम्पनीले पल्सर एन २५० को लगातार परिक्षण गरिरहेको तस्बीर बाहिर आएको थियो ।

कम्पनीले पहिलो पटक २०२१ मा पल्सर एन २५० सिरिज सार्वजनिक गरेको थियो । अपसाइड डाउन फर्क भएको पल्सर एन २५० परिक्षण भइरहेको हो ।

केही दिन अघि मात्र बजाजले विभिन्न टेक अपडेटका साथ पल्सर एनएस सिरिज सार्वजनिक गरेको थियो । नयाँ पल्सर एन २५० मा अपसाइड डाउन फर्कका साथै टेक अपडेट समेत हुनेछ ।

नयाँ मोडल एन २५० मा नयाँ रिभर्स एलसीडी क्लस्टरका साथै ब्लुटुथ कनेक्टिभिटी समेत उपलब्ध हुनेछ । यसमा ट्याक्सन कन्ट्रोल फिचर समेत उपलब्ध हुने अनुमान गरिएको छ ।

यसका अलावा मोटरसाइकलमा मेकानीकल परिर्वतन भने हुने छैन । पल्सर एन २५० मा २४९.७ सीसी सिंगल सिलिन्डर, फोर स्ट्रोक, आयल कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले २४.१ पीएस पावर तथा २१.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

कम्पनीले निकट भविष्यमा नै पहिलो सिएनजी मोटरसाइकल का साथै पल्सर सिरिजिकै सबैभन्दा ठुलो मोटरसाइकल पल्सर एनएस ४०० सार्वजनिक गर्दैछ ।


Back_to_top