टाटा, महिन्द्रा, निसान र रेनोले नयाँ एसयूभी ल्याउँदै

काठमाडौं । दुई भारतीय ब्राण्ड टाटा र महिन्द्रासँगै जापानी ब्राण्ड निसान र फ्रेन्च निर्माता रेनोले भारतमा नयाँ एसयूभी ल्याउने तयारी थालेका छन् । यी चारै ब्राण्डले ल्याउन लागेको कम्प्याक्ट एसयूभी हुन् ।

भारतमा सर्वाधिक सफल मानिएको सेग्मेन्टमा यी चार कम्पनीका उत्पादन आउन लागेका हुन् । त्यसमध्ये टाटा मोटर्सले ल्याउने एसयूभी कर्भ सबैभन्दा पहिला बजारमा आउने छ ।

टाटाले कर्भ एसयूभीलाई कुप्पे डिजाइनमा तयार पारेको छ । कम्पनीको नयाँ एसयूभी पेट्रोल, डिजेल र इलेक्ट्रीक अप्सनमा उपलब्ध हुनेछ । सन् २०२४ को सेकेन्ड हाफमा बजारमा आउने बताइएको टाटा कर्भमा १.५ लिटर टर्बो डिजेल, १.२ लिटर टर्बो पेट्रोल र इलेक्ट्रीकको पावर भने बाहिर आएको छैन ।

फ्रेन्च कार निर्माता रेनोले थर्ड जेनेरेश डस्टर भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले नयाँ डस्टरलाई सन् २०२५ मा बिक्री सुरु गर्ने योजना बनाएको हो । भारतमा नै उत्पादन भएको पार्टस् प्रयोग गरेर बनाउन लागिएको डस्टर ‘सीएमएफ–बी’ प्लेटफर्ममा बन्ने छ । हाइब्रिड टेक्नोलोजीको प्रयोग हुनेछ ।

निसानले पनि रेनो डस्टरमा आधारित नयाँ मोडल ल्याउने छ । कम्पनीले डस्टरकै समान इन्जिन दिएर ल्याउने नयाँ एसयूभीको एक्सटेरियर डिजाइन भने फरक हुनेछ ।

महिन्द्रा एण्ड महिन्द्राले पनि कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नयाँ एसयूभी ल्याउने तयारी गरिरहेको छ । कम्पनीले ल्याउने नयाँ एसयूभी यसअघिको एक्सयूभी ५०० कै साइजमा आउने छ ।

पेट्रोल, डिजेल र इलेक्ट्रीक भर्सनमा आउने एक्सयूभी ५०० ले बजारमा रहेका हुन्डाई क्रेटा, सुजुकी ग्राण्ड भिटारा, टोयोट हाइराइडर, स्कोडा कुशक, फक्सवागेन टाइगुन र सिट्रोन सीथ्री एयरक्रस मोडलसँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top