काठमाडौं । सब फोर मिटर सेग्मेन्टमा महिन्द्राको एक्सयूभी ३०० सन् २०२० मा नै नेपाल आएको हो । कम्पनीले ‘महिन्द्रा उदय’ नामक अटो शो नै गरेर सार्वजनिक गरेको भएपनि तत्काल नेपालमा विक्री सुरु नगर्दा यसले सोचे जस्तो बजार पाउन भने सकेन ।
महिन्द्राको आधिकारीक विक्रेता अग्नी इनकर्पोरेट प्रालिले एक पटक फेरी एक्सयूभी ३०० को फेसलिफ्ट (अपग्रेट गरिएको भर्सन) नेपालमा विक्री सुरु गर्न लागेको छ । कम्पनी स्रोतका अनुसार पहिले कै मूल्यमा फेसलिफ्ट भर्सन सार्वजनिक गर्ने तयारी भइरहेको हो ।
‘चैत अन्तिमसम्ममा विक्री सुरु गर्नेगरी काम अगाडि बढाएका छौं । उत्कृष्ट फिचरको साथ आउने अपग्रेड गरिएको एक्सयूभी ३०० पुरानै मूल्यमा विक्री गर्ने हाम्रो लक्ष्य हो’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
महिन्द्राले अघिल्लो महिना विक्री सुरु गरेको एक्स्यूभी ७०० ले राम्रो प्रतिक्रिया पाइरहेको र सब फोर मिटर सेग्मेन्टमा अन्य कम्पनीको मोडलहरु महंगो बन्दै गएसँगै एक्सयूसी ३०० को मूल्यले धेरैलाई आकर्षित गर्न सक्नेछ ।
यस्तो छ एक्सयूभी ३००
महिन्द्रा एक्स्यूभी ३०० को फेसलिफ्ट मोडल नेपाल आउन लागेको हो । कम्पनीले एक्सयूभी ३०० लाई ११९७ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १३० पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ । यसको स्पीड पनि सेग्मेन्टकै उत्कृष्ट रहेको छ । यसले ५ सेकेन्डमा ० देखि ६० किमि प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।
सिंगल टोन र ड्यूल टोन कलर अप्सनमा उपलब्ध एक्सयूभी ३०० को नयाँ मोडलको क्याविन रातो र कालो कलरको मिश्रणबाट तयार गरिएको छ । यसमा थुप्रै क्रोमको प्रयोग गरिएको छ ।
यसमा एन्टि–पिन्च फक्शनको साथ इलेक्ट्रीक सनरुफ, ड्यूल-जोन अटोमेटिक कन्ट्रोल, रेन-सेन्सिङ वाइपर, अटो हेडल्याम्प, प्रिमियम अपहोल्स्ट्री, पुश बटन स्टार्टको साथ किलेस इन्ट्री पाउन सकिन्छ ।
सुरक्षाको लागि थुप्रै आधुनिक फिचर उपलब्ध यो एसयूभी ५ स्टार सुरक्षा रेटिङ पाउन सफल मोडल हो । अग्नी इनकर्पोरेट प्रालिले सुरुवाती मूल्य ४० लाख रुपैयाँ कायम गरेर यसको विक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।

