मारुती सुजुकी सियाज अब हाइब्रिड इन्जिनमा

काठमाडौं । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुति सुजुकीले यो वर्ष अगस्टमा सेडान कार सियाजको नयाँ मोडल सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले यस कारको प्रि-बुकिङ जुलाईबाट सुरु गर्ने भएको छ । अप्रिल महिनामा नै कम्पनीले ५ हजार १ सय १६ यूनिट कार डीलरहरुमा पठाएको छ ।  

इन्जिन नै परिवर्तन 

कम्पनीले पेट्रोल मोडल इन्जिनमा ठूलो परिवर्तन गरेको छ । यसमा पहिले १.४ लिटर इन्जिन थियो भने अहिले १.५ लिटर हाइब्रिड इन्जिन रहेको छ । तथापि, कम्पनीले डिजल इन्जिनमा भने कुनै परिवर्तन गरेको छैन । 

फिचर

सियाज सेडान कारमा एलईडी डे-टाइम रनिङ लाइटको साथै नयाँ फ्रन्ट बम्पर र ठूला फगल्याम्प दिइएको छ । कारको साइडमा मल्टी-स्पोक ह्वील देख्न सकिन्छ भने पछाडिको भागमा टेलल्याम्प क्लस्टर र रियर बम्पर्समा निकै ठुलो परिर्वतन गरिएको छ । 

यो कारको पेट्रोल इन्जिनले ९१ ब्रेक हर्स पावर र डिजल इन्जिनले ८९ ब्रेक हर्स पावर उत्पादन गर्छ । यसमा ६-स्पिड म्यानुअल ट्रान्समिसनको दिइएको छ ।


Back_to_top