काठमाडौं । होन्डाले पछिल्ला दिनमा बिद्युतीय कार निर्माणमा आफुलाई अगाडि सार्दै लगेको छ । कम्पनीले बिद्युतीय कारको बजारलाई नजिकबाट नियालेर आइरहेको जनाएको छ ।
भारतीय मिडिया रिपोर्टका अनुसार, कम्पनीले सन् २०२० को सूरुवातमा नयाँ विद्युतीय कार सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएका छन् । होन्डाको यो नयाँ विद्युतीय कार ज्याज मोडेलबाट बनाइनेछ जुन नेपालीमा समेत बिक्री भइरहेको छ ।
जापानी कार निर्माता कम्पनी होन्डाले ज्याज इलेक्ट्रिक कारलाई पहिलो पटक चीनमा सार्वजनिक गर्ने छ । त्यसपछि, यसलाई सन् २०२० सम्ममा अन्तर्राष्ट्रिय बजारमा ल्याउने बताइएको छ ।
यस्ता रहने छन् विशेषता
नयाँ ज्याज इलेक्ट्रिक सिंगल चार्जमा ३ सय किलोमिटरको लामो दूरी तय गर्ने क्षमताको हुने छ । होन्डाका अनुसार कम्पनीले यो कारमा प्रयोग हुने ब्याट्री प्यानासोनिक र जिएस यूयाबाट लिने छ । यसमा प्रयोग हुने ब्याट्री कन्टेम्प्ररी इम्प्याक्ट टेक्नोलोजीमा आधारित हुने छ । यो ब्याट्री उत्पादनमा चीनमा हुने छ ।
होन्डाले ज्याज इलेक्ट्रिक कारको डिजाइनको बारेमा भने गोप्यता राखेको छ । कम्पनीले केहिसमय अगाडि भएको बेजिङ मोटर शोमा एच–आर एसयूभीमा बेस्ड इलेक्ट्रिक भेकल अनावरण गरेको थियो । यस वर्ष चीनमा यो एसयूभीको बिक्री सुरु हुनेछ ।
पावर र मूल्य
ज्याज इलेक्ट्रिकमा २५.५ किलोवाटको ब्याट्री दिइने छ, जसले १ सय २९ ब्रेक हर्स पावर र ३ सय न्यूटन मिटर टर्क उत्पन्न गर्छ । चिनियाँ बजारमा लन्च भएपछि अन्य देशमा लाने तयारीमा रहेको यो कारको मूल्य नयाँ होन्डा विद्युतीय कारको मूल्य लगभग २६ लाख १७ हजार रुपैयाँ हुने अनुमान लगाउन सकिन्छ ।
सुरुवाति दिनमा कम्पनीले ज्याज इलेक्ट्रिक कार वार्षिक करिब १ लाख युनिट्स बच्ने अनुमान गरेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।