आउँदै ब्रेजाभन्दा कम मूल्यको एसयूभी, दुई हप्ता भित्रै नेपालमा बिक्री सुरु हुने

काठमाडौं । मारुती सुजुकी इन्डियाले उत्पादन गरेको नयाँ एसयूभी नेपाल आउने भएको छ । सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले नयाँ क्रसओभर एसयूभी ‘फ्रोनक्स’को बिक्री सुरु गर्न लागेको हो ।

सिजी मोटोकर्प स्रोतका अनुसार जेठ अन्तिमसम्ममा फ्रोनक्स नेपाल आउने छ । अहिले यसको आयातको लागि गर्नु पर्ने पूर्व तयारी गरिरहेको कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

कम्पनीले फ्रोनक्स एसयूभी कुन कुन भेरियन्ट र इन्जिन अप्सनमा आउँछ भन्ने जानकारी दिएको छैन । तर, भारतमा भने दुई इन्जिन अप्सन र सिग्मा, डेल्टा, जेटा र अल्फा भेरियन्टमा उपलब्ध रहेको छ ।

भारतमा सुरुवाती भेरियन्टको मूल्य ७ लाख ४६ हजार ५०० भारतीय रुपैयाँदेखि १३ लाख १३ हजार ५०० रुपैयाँसम्म कायम गरेर बिक्री हुँदै आएको छ । यसको नेपाली बजारमा मूल्य ३८ लाखदेखि सुरु हुने अनुमान गर्न सकिन्छ । मूल्यको आधारमा ब्रेजा सब फोर मिटर एसयूभीभन्दा यसको मूल्य कम हुनेछ ।

यसमा १.० लिटर थ्री सिलिन्डर बुस्टरजेट पेट्रोल इन्जिन र १.२ लिटर केसिरिज पेट्रोल इन्जिन दिइएको छ । यसमा रहेको १.२ लिटर पेट्रोल इन्जिनले म्यानुअल गियरबक्समा २१ किलोमिटर प्रतिलिटर र अटोमेटिक गियरबक्समा २३ किलोमिटर प्रतिलिटर फ्युल इफिसिएन्सी प्रदान गर्छ ।

त्यस्तै, १.० लिटर भेरिएन्टले भने म्यानुअल ट्रान्समिसनमा २१ किलोमिटर प्रतिलिटर र अटोमेटिक ट्रान्समिसनमा २० किलोमिटर प्रतिलिटर फ्युल इफिसिएन्सी प्रदान गर्दछ ।

स्ट्यान्डर्ड फिचरमा यो गाडीमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की-लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

मारुति फ्रोनक्स टप भेरियन्टको इन्टेरियरमा भने ३६० डिग्री क्यामेरा, क्रुज कन्ट्रोल, लेदर ¥याप्ड स्टेयरिङ ह्वील, डुअल टोन एक्सटेरियर कलर र १६ इन्चको डायमण्ड कट एलोय ह्वील जस्ता सुविधाले सुसज्जित गरिएको छ ।

मारुती सुजुकीको यो नयाँ क्रसओभरमा ७.० इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, ओएटी, इलेक्ट्रीकली एडजस्टेबल विङ मिरर, भ्वाइस असिस्टेन्स, स्टेयरिङ माउन्टेड कन्ट्रोल, ६ स्पिकर साउन्ड सिस्टम, सुजुकी कनेक्टेड कार फिचर्स, रियर एसी भेन्ट्स पनि पाउन सकिन्छ ।


Back_to_top