नयाँ अवतारमा मारुती सुजुकी भिटारा ब्रेजा, यस्तो छ परिवर्तन

मारुती सुजुकीले भारतको सबैभन्दा धेरै बिक्री हुने एसयूभी भिटारा ब्रेजाको स्पोर्टस् एडिसन सार्वजनिक गरेको छ । मारुतीले ब्रेजा भारतमा २०१६ मा सार्वजनिक गरेको थियो । सार्ववजनिक भएयता ब्रेजा ४ लाख ३५ हजार यूनिटभन्दा बढी बिक्री भइसकेको छ । 

दुई दिन अघि भारतमा सार्वजनिक भएको भिटारा ब्रेजा स्पोर्टस् इडिसनको मूल्य ७ लाख ९८ हजार भारुबाट सुरु रहेको छ । यो रेगुलर ब्रेजाको भन्दा २९ हजार ९ सय ९० भारु महंगो हो । 

नयाँ ब्रेजामा बीएस–६ इन्जिन रहेको छ । सव–फोर मिटर एसयूभीमा १.३ लिटर बी१३ए टर्बोचार्ज्ड डिजेल इन्जिन रहेको छ । यसले ९० बीएस पावर र २ सय एनएम टर्क दिन्छ । 

मारुती सुजुकीले महिन्द्रा एक्सयूभी–३००, हुन्डाई भेन्यू सार्वजनिक भएपछि भिटारा ब्रेजाको स्पोर्टस् इडिसन सार्वजनिक गरेको हो । मारुतीले आफ्नो बजार कायम राखिराख्न नयाँ इडिसन ल्याएको जनाइएको छ । 


Back_to_top