मर्शिडिजले राख्यो विश्व रेकर्ड, एकचार्जमै ९४९ किलोमिटरको यात्रा

काठमाडौं । मर्शिडिजको इक्यूएस ५८० लाई सिंगल चार्जमा ९४९ किलोमिटर गुडाएर गिनिज वर्ड रेकर्ड बनाएको छ । भारतको प्रतिष्ठित अटोमिडिया अटोकार इण्डियाले इक्यूएस ५८० लाई एकपटकको चार्जमा ९४९ किमी गुडाएर विश्व रेकर्ड बनाएको हो ।

यसअघि वेलायतमा फर्ड मस्टाङ म्याकईले एकपटकको चार्जमा ९१६.७ किलोमिटर गुडेर विश्व रेकर्ड बनाएको थियो ।

भारतको बेंगलुरुबाट सुरु भएको इक्यूएस ५८० को यात्रा मुम्बईसम्म पुगेको थियो । मर्शिडिजको इक्यूएस मोडलको एआरएआइको क्लेमरेन्ज ८५७ किलोमिटर रहेको छ । यसको ड्रयाग कोफिसियन्ट मात्र ०.२० भएकाले एकदमै एरोडायनामिक समेत रहेको छ ।

मर्शिडिज इक्यूएसमा १०७.८ किलोवाट आवरको ब्याट्रीप्याक रहेको छ । तीन लेवलको रिजेनेरेटिभ सिस्टम रहेको यो ईभीले ८.८० किलोमिटर वाट आवरको इफिसियन्सी दिएको बताइएको छ । यो यात्रामा हाइवेमा ५० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड रहेको थियो ।

दुई दिन लागेको यो यात्रामा ५१५.२ किलोमिटरको यात्रा भएको थियो । दोस्रो दिनको यात्रा ४४ प्रतिशत ब्याट्री बाँकी हुँदा सुरू भएको थियो । भारतमा मनसुन कायमै रहेकाले पानी परेको  सडक, ट्राफिक जाम धेरै भएको र बिग्रिएको बाटामा समेत गुडाइएको थियो । यात्राको अन्त्यतिर टायर समेत पन्चर भएको थियो ।


Back_to_top