एनईभीका लागि प्रिमियम शोरुम स्थापना गर्दै एमजी

काठमाडौं । जेएसडब्ल्यू एमजी मोटरले लग्जरी ग्राहकलाई लक्षित गर्दै भारतका विभिन्न १२ सहरमा प्रिमियम शोरुम स्थापन गर्ने भएको छ ।

कम्पनीले सन् २०२५ को पहिलो त्रैमाससम्म भारतका मुख्य १२ सहरहरूमा एमजी सेलेक्ट प्रिमियम शोरुम स्थापना गर्ने भएको हो । ती शोरुमहरूमा सेल्स र सर्भिस फ्यासिलिटी सहितको हुनेछ ।

एमजी सेलेक्ट आउटलेटमा न्यू इनर्जी भेहिकलहरू हाइब्रिड, प्लगइन हाइब्रिड तथा प्योर इलेक्ट्रीक भेहिकलहरू ‘एक्सपिरियन्स’ गर्न सकिने कम्पनीले बताएकाे छ ।

यसअघि मारुती सुजुकीले पनि आफ्ना प्रिमियम गाडीहरूको लागि छुट्टै नेक्सा शोरुम खोलेको थियो । त्यस्तै, टाटा मोटर्सले पनि आफ्नो ईभी लाइनअपको मात्रै डेडिकेटेड शोरुम संचालन गरिरहेकोे छ ।

एमजीमा जिन्दाल ग्रुपकाे प्रवेश पछि आक्रमक रूपमा लगानी विस्तार गरिरहको छ । यसअघि नै कम्पनीले प्रत्यक ३ देखि ६ महिना भित्र स्थानीय बजारमा नयाँ मोडल लन्च गर्ने योजना सार्वजनिक गरिसकेको छ । हालै मात्र कम्पनीले १० लाखभन्दा कम मूल्यमै इलेक्ट्रीक कम्प्याक्ट युटिलिटी भेहिकल विन्सर लन्च गरेको थियो ।


Back_to_top