सिप्रदीको नयाँ शोरुम वीरगंजमा, पन्च ईभीको डेलिभरी सुरू

काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिको नयाँ शोरुम वीरगंजमा खुलेको छ । कम्पनीको अधिकारिक डिलर प्राइम अटो ट्रेडर्सले वीरगंजमा नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त शोरुमको उद्घाटन सिप्रदी ट्रेडिङका प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापती र वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले संयुक्त रूपमा गरेका हुन् ।

पन्च ईभीको रिजनल लन्च अन्तर्गत वीरगंजमा नयाँ शोरुमको उद्घाटन गरिएको प्राइम अटो ट्रेडर्सका निर्देशक सुबोध सापकोटाले जानकारी दिए ।

साथै, उक्त अवसरमा यसअघि पन्च ईभी बुकिङ गरेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको थियो ।  टाटा पन्च ईभीको सुरूआती मूल्य मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

पन्च ईभीको यो भेरियन्टमा दुई  सेगमेन्ट माथि गाडीको जस्तै भ्वाइस एसिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो/ एप्पल कार प्ले लगायत फचर्स छन् ।

पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिलिमिटर रहेको छ । यसले बीएनक्याप ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।


Back_to_top