नगद छुटपछि झनै आकर्षक मूल्यमा एस-फाइभ, किस्ता ३९ हजार मात्रै

काठमाडौं । नेपाली बजारको सबैभन्दा राम्रो ‘भ्यालु फर मनी’ इलेक्ट्रीक एसयूभी एमजी एस-फाइभमा चाडपर्व लक्षित स्कीम लागिरहेको छ । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्ना सबै गाडीमा स्कीम उपलब्ध गराएको हो ।

एमजीसँग एस-फाइभ, एमजी-फोर, कोमेट, विन्डसर जस्ता विद्युतीय कार मोडल छन् । कम्पनीले केही दिन अगाडि मात्रै एमजी आइएम ब्राण्डको आइएम-सिक्स मोडल पनि बिक्री सुरु गरेको छ ।

एमजीले आफ्नो सर्वाधिक चर्चामा रहेको एस-फाइभ मोडलमा निकै आकर्षक स्कीम चालु भएको छ । एमजीले रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध गराएको एस-फाइभ बजारमा तीन भेरियन्टमा किन्न पाइन्छ ।

मार्चको पहिलो साताबाट बजारमा बिक्री सुरु भएको एस-फाइभमा ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ ।

सानो ब्याट्री प्याकमा कम्फर्ट र लग्जरी भेरियन्ट उपलब्ध छ । ठूलो ब्याट्रीमा लग्जरी भेरियन्टमात्रै किन्न पाइन्छ । सानो ब्याट्री भएको कम्फर्ट भेरियन्टको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ र लग्जरी भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ । ठूलो ब्याट्री भएको भेरियन्टको मूल्य ५४ लाख ९९ हजार रुपैयाँ छ ।

नगद छुट स्कीम

कम्पनीले ल्याएको चाडपर्व स्कीम अन्तर्गत कम्फर्ट भेरियन्टमा १ लाख रुपैयाँ र लग्जरीमा २ लाख ५० हजार रुपैयाँ नगद छुट पाइन्छ । त्यस्तै ६२ किलोवाट आवर क्षमताको ब्याट्री भएको लग्जरी भेरियन्टमा पनि २ लाख ५० हजार रुपैयाँ छुट दिएको छ ।

स्कीममा दिएको छुटपछि एमजी एस-फाइभ कम्फर्टको ४२ लाख ९९ हजार, लग्जरी भेरियन्टको ४७ लाख ४९ हजार र र ठूलो ब्याट्री भएको लग्जरी भेरियन्ट ५२ लाख ४९ हजारमै किन्न सकिनेछ ।

नगद बाहेक अन्य अफर

पारामाउन्ट मोटर्सले नगद छुटका अलावा अन्य अफर पनि गरेको छ । कम्पनीका अनुसार एमजी एस-फाइभमा १ वर्षको अटो प्लस इन्स्योरेन्स, ३ वा ७ किलोवाट निःशुल्क चार्जर अफर रहेको छ ।

एस-फाइभमा भएका मुख्य फिचर

एमजी एस-फाइभमा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, तीन ड्राइभिङ मोड, हिटेड र भेन्टीलेटेड सिट, वायरलेस चार्जिङ प्याड पाउन सकिन्छ ।

रोटरी गियर नव, प्यानारोमिक सनरुफ, युटुयूब, स्पोर्टिफाइ र टिकटक जस्ता इनबिल्ड एप, ३६० डिग्री क्यामरा पाउन सकिन्छ । एमजीले यसमा ९९ किलोवाटको रियर ह्वील ड्राइभ इलेक्ट्रीक मोटर दिएको छ । यसको पीकटर्क २५० न्यूटन मिटर रहेको छ ।

सिंगल चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिने एसयूभीमा सुरक्षाको लागि एस–फाइभमा ६ वटा एयरव्याग, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक तथा एडास लेवल २ फिचर रहेको छ ।

कति पर्छ मासिक किस्ता ?

अहिले बैंक तथा वित्तिय संस्थाले ६.५ देखि ८ प्रतिशत भित्रै अटोकर्जा उपलब्ध गराएका छन् । यस्तोमा ७ प्रतिशत ब्याजदरमा कर्जा लिएर एस-फाइभको इन्ट्री भेरियन्ट किन्दा मासिक ३८ हजार ९३० रुपैयाँ मात्रै पर्छ ।

७ वर्षसम्म तिर्ने सम्पूर्ण किस्ता हेर्न यहाँ क्लिक गर्नुहोस् । (नोटः बैंकको ब्याजदर परिवर्तन भए मासिक किस्ता परिवर्तन हुनेछ)

कम्पनीले ४२ लाख ९९ हजारमा बिक्री गर्ने एस-फाइभ किन्नेले डाउन पेमेन्ट वापत १७ लाख १९ हजार ६०० रुपैयाँ सुरुमै बुझाउनु पर्ने हुन्छ । बाँकी २५ लाख ७९ हजार ४०० रुपैयाँ कर्जा लिन सकिन्छ । त्यसलाई ८४ किस्तामा बुझाउनु पर्ने हुन्छ ।


Back_to_top