काठमाडौं । एमजीको आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले एमजी-४ नेपाल ल्याउने भएको छ । अर्को हप्तासम्म नेपाल आइपुग्ने एमजी-४ चाँडै ग्राहकले बुकिङ गर्न सक्नेछन् ।
कम्पनी स्रोतका अनुसार नेपालको लागि केही यूनिट एमजी-४ आइरहेको र गाडी आइपुग्ने वित्तिकै बुकिङ खुल्ला हुनेछ । यसको डेलिभरी भने नाडा अटो शो आसपासबाट सुरु हुने अनुमान गर्न सकिन्छ ।
एमजी जेडएस ईभीको सफलतासँगै कम्पनीले एमजी-४ मोडल नेपाल ल्याउन लागेको हो । यूरोपियन बजारमा निकै राम्रो ब्यापार गरिरहेको एमजी-४ नेपालमा पनि बेलायतमा बिक्री भइरहेको स्पेक नै आउने छ ।
एसएआइसीको ‘मोड्युलर स्केलेबल प्लेटफर्म’मा आधारित रहेर निर्माण गरिएको एमजी-४ इलेक्ट्रीक क्रसओभर मोडल हो । यसलाई एमजीले ठिक एक वर्षअघि सन् २०२२ को जुलाइमा अनावरण भएको थियो ।
एमजी-४ इलेक्ट्रीक मोडलमा ५१ किलोवाट आवर र ६४ किलोवाट आवर गरी दुई ब्याट्री प्याक रहने छ । सुरुमा यी दुबै ब्याट्री अप्सन नेपालमा पनि पाइने अनुमान गरिएको छ ।

एमजीका अनुसार यसमा रहेको सानो ब्याट्री प्याक भेरियन्टले ३५० किलोमिटर र ठूलो ब्याट्री भएकोले ४५२ किलोमिटर रेन्ज प्रदान गर्छ । यस कारको टप स्पीड १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन सक्छ ।
एमजीले यो कारलाई ९९ किलोवाट आवरको ब्याट्री प्याकमा ल्याउने छ । यसको टर्क भने २५० एनएम हुनेछ । एमजी-४ ईभीले १५० किलोवाटसम्मको डिसी चार्ज सपोर्ट गर्नेछ ।
स्पोर्टी लुक्स रहेको एमजी-४ को डिजाइन निकै आकर्षक छ । यसमा भएको डुअल-विंग स्पोइलर र फुल-वाइड एलइडी टेल ल्याम्पहरूले थप आकर्षक बनाएको छ । एमजीले यसमा क्लीन ड्यासबोर्ड, इन्फोटेनमेन्ट सिस्टम र इन्स्ट्रुमेन्ट क्लस्टर डिजिटल दिएको छ ।

एमजीले यो क्रसओभरमा धेरै स्पेश निकाल्न र आरामदायी बनाउन २७०५ एमएम लामो ह्वीलबेस दिएको छ । यसको लम्बाई ४.२ मिटरभन्दा केही बढी छ । कम्पनीले यसमा एङ्गुलर हेडल्याम्प र डुअल टोन बम्परको साथमा स्लोपीङ बोनेट दिएको छ ।
यो कारमा सेन्टर एयर इनलेट र फग ल्याम्पहरू दुवैतर्फ भर्टिकल रुपमा राखिएको छ । साथै, वायरलेस चार्जर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट र एडीएएस लगायतका फिचर्स पाउन सकिन्छ ।
कम्पनीले यसको मूल्यको बिषयमा कुनै जानकारी नदिए पनि हाम्रो अनुमानमा स्टायडर्ड भेरियन्टको मूल्य ४३ लाख रुपैयाँदेखि सुरु हुनेछ ।


