चिल्ला सडकदेखि अफरोड ट्रयाकमा अविचलित एमजी-फोर

काठमाडौं । कस्तो सडकमा कुन गाडी चलाउने भन्ने विषय अहिले पेचिलो बन्दै गएको छ । त्यसमा पनि इलेक्ट्रीक भेहिलक कस्तो बाटोमा गुडाउने भन्ने विषय चर्चा गरिरहनु पर्दैन । राम्रा र चिल्ला बाटोमा चलाउन ईभीहरू तयार भएका छन् भन्दा फरक पर्दैन ।

विद्युतीय कारले उकालो तान्दैन कि भन्ने शंका हट्दै गएको छ । ईभी निर्माणमा भएको प्रविधिको विकास र त्यसको प्रयोगले सबै किसिमका बाटाहरूमा विद्युतीय कार चलाउन सकिने भइसकेको छ । ईभीमै उपत्यका नजिक रहेको धाप ड्याम होस् कि मुस्ताङको लोमन्थाङ वा कालिन्चाेककाे कुरी  पुग्नेहरू बढिरहेका छन् ।

कतिले अफरोडकै लागि बनेका सामन्य गाडीहरू लान नसकेको स्थानमा विद्युतीय कारहरू पुगेको हामीले सामाजिक संजालमा फोटो र भिडियोहरू देख्छौं । त्यसैले ईभीको लागि कस्तो बाटो चाहिन्छ भन्ने विषय गौण बन्दै गएको छ ।

सबै किसिमका बाटोहरूमा ईभी पुग्न थालेसँगै गत हप्ता १६५ एमएम मात्रै ग्राउण्ड क्लियरेन्स भएको प्रिमियम ह्याचब्याक कार ट्रयाकमा चलाउने मैका मिल्यो । त्यो मौका जुराएको थियो एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले ।

एमजीको चर्चित ह्याचब्याक एमजी-फोरको ‘स्ट्रेन्थ टेस्ट’ कार्यक्रममा यसलाई धुलिखेलमा रहेको डर्ट टेम्पलमा चलाउने मौका पाइएको थियो । थुप्रै पत्रकार, सेलिब्रेटी, भ्लगरहरूको सहभागिता रहेको कार्यक्रममा प्रतिकूल बाटोमा सहनशील तरिकाले गाडी चलाउने प्रयास भएको थियो ।

१६५ एमएम ग्राउन्ड क्लियरेन्स भएको ह्याचब्याक कार अफरोडमा चलाउने कुरा भएपछि म पनि उत्साहित थिए । नक्सालबाट एमजी-फोर नै चढेर धुलिखेल पुग्दा नै धेरै स्थानमा गाडीको अफरोड क्षमता परीक्षण भएको थियो ।

डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको एमजी–फोरले सूर्यविनायकदेखि धुलिखेलसम्मको विस्तारको क्रममा रहेको बाटोमा राम्रो पर्फमेन्स गरेको थियो । हामी समयमा नै डर्ट टेम्पल पुगेका थियौं ।

ट्रयाकको निरीक्षण

कुनै पनि ट्रयाकमा गाडी चलाउनु अघि ट्रयाकको अवस्था कस्तो छ भनेर हेरिन्छ । धुलिखेलको उक्त ट्रयाक डर्ट बाइकका लागि बनाइएको हो । तर, पछिल्ला दिनमा अफरोड र फोर ह्वील ड्राइभ भएका गाडीको टेष्ट यहाँ हुँदै आएको छ ।

एमजीले उक्त कार्यक्रमको लागि ट्रयाकको तल्लो भाग समथर बनाएको थियो । विस्तारै जति अगाडि बढ्यो, त्यतिनै ठूला खाडल बनाएको देखियो । ठूला खाडलहरू, पानी जमेको हिलो, ठाडो उकालो ओरालो, सार्प टर्निङ लगायतका अफ्ठ्याराहरू ट्रयाकमा थियो ।

बाटो हेर्दै जाँदा मैले प्रश्न गरेँ यस्तो बाटोमा कति स्पीडमा गाडी चलाउने रु मेरो जिज्ञासामा आयोजकले फुल स्पीडमा चलाउने भन्ने जवाफ दिए । मलाई उत्तर सुनेर अचम्म लाग्यो ।

विद्युतीय साधनको तल्लो भागमा ब्याट्रीप्याक हुने भएकाले सडकका खाल्डाखुल्डीमा छुँदासमेत ढक्क मन फुल्ने गर्छ । तर, यस्तो ट्रयाकमा फुल स्पीडमा गुडाउनेभन्दा डर नै लाग्दो थियो ।

ट्रयाकमा ड्राइभिङ अनुभव

पहिलो मक राइडरको रूपमा पारामाउन्ट मोटर्सका प्रबन्ध निर्देशक शिरिस मुरारका गाडी लिएर अगाडि बढे । उनले राम्रै स्पीडमा कार कुदाए । त्यसपछि कम्पनीका अन्य चालकहरूले उक्त ट्रयाकमा एमजी–फोर दौडाए ।

मेरो पालो आउँदा अगाडि सहचालक सिटमा एकजना कम्पनीका प्रतिनिधि थिए । उनले सुरूमै सोधे स्पोट्स मोडमा चलाउने हो रु मैले सहजै स्वीकार गरेँ । आफ्नो तयारी पूरा गरेपछि मैले उनलाई फेरि सोधेँ कति स्पीडमा चलाउनु पर्ने हो रु उनले भने फुल स्पीडमा ।

मार्सलले हरियो झण्डा देखाए, मैले गाडी अगाडि बढाएँ । इलेक्ट्रीक कारको पावर राम्रो हुने नै भयो । तुरुन्तै केही अगाडि वारपार बनाइएको खाल्डोहरूमा गाडी पुग्यो । अब के गर्ने भन्ने मेरो आँखाको जिज्ञासामा सँगै बसेका उनले केही फरक पर्दैन अगाडि बढौँ भनिहाले ।


अगाडि बढ्दै जाँदा सार्प टर्निङहरू थिए । स्पीडमा दौडाउँदा छुट्टै थ्रिल भएको थियो । ट्रयाकमा ९० डिग्रीदेखि १८० डिग्रीसम्मका टर्निङ थिए । टर्निङ रेडियस नपुगेर गाडी ट्रयाक बाहिर जाने हो कि भन्ने डर थियो । यी सबै डरहरूबाट केही क्षणमै गाडीले मुक्त गरायो ।

ट्रयाकको बीचमा रहेको गेटसहितको टेबलटपमा गाडी पुर्याउँदा आकाशमै पुगेको र तल बाटोनै सकिएको जस्तो अनुभूति हुन्थ्यो ।

तल्लो भाग ठोक्कियो कि ठोक्किएन ?

१६५ एमएमको ग्राउन्ड क्लियरेन्स, त्यसमा पनि फुल स्पीडमा दौडाउन लगाएपछि तल्लो भागमा नछुने भन्ने होइन । यद्यपि, जस्तो ड्राइभ त्यहाँ चालकहरूले गरेका थिए, त्यस हिसाबले राम्रो मान्न सकिन्छ ।

पानी जमाएर बनाइएको हिलो र खाल्डाहरूमा गाडीको तान्ने क्षमता राम्रैसँग परीक्षण भयो । त्यो परीक्षण एमजी-फोरले सहजै पार गर्न सफल भयो । ट्रयाकमा रहेको हिलोको कारण ह्याचब्याक कार पूर्ण अफरोड भेहिकल जस्तो देखिएको थियो ।

यदि कुनै स्थानमा तपाईं फस्छु कि भन्ने चिन्तामा रहेर एमजी-फोर चलाउँदै हुनुहुन्छ भने तपाईं ढुक्कसँग चलाउन सक्नु हुन्छ । एमजी–फोरलाई कुनै पनि बाटोमा चलाउन अन्कनाउनु पर्दैन ।

लेम्बर्गीनी उरुस जस्तो स्पोर्टी डिजाइनमा तयार भएको एमजी-फोरको स्टिफ इन्डिभिजुअल सस्पेन्सन, १८ इन्चको ह्वली र रियर ह्वील ड्राइभ पावरको कारण सडकमा उत्कृष्ट पर्फमेन्स पाउन सकिन्छ ।


Back_to_top