आयो एमजीको सबैभन्दा महंगो कार, यस्ता छन् विशेषता

काठमाडौं । वेलायती अटोमोवाइल कम्पनी एमजी (मोरिस ग्यारेज)ले स्पोर्टी फास्टव्याक डिजाइनको सेडान कार एमजी ७ सार्वजनिक गरेको छ । एमजी ब्राण्डमा आउने गाडी मध्ये सबैभन्दा महंगो पाँच ढोकासहितको एरोडाइनामिक्स डिजाइनमा बनेको कार हो ।

एमजी ७ कारमा स्ट्रङ मस्कुलर स्टाइलीङ, निकै उत्कृष्ट र आक्रमक देखिने लाइटका सेटअप, अगाडि निकै ठूलो ग्रिल र सार्प डिजाइनमा तयार गरिएको फ्रन्ट बम्परले यसलाई अद्भुद देखाएको छ । यसका अलावा नयाँ सेडान कारको हुड र बडीप्यानलमा प्रमिनेन्ट कट्स र क्रिजरहरु दिइएको छ ।

एमजीले सेडान कारको लम्बाई ४८८४ एमएम, चौडाई १८८९ एमएम तथा १४४७ एमएम उचाई दिएर तयार पारेको छ । ७ सिट क्षमताको क्यावीन लेआउट भएको एमजी ७ मा प्रिमियम ड्यासबोर्ड फ्रि–स्ट्याण्डीङ डिजिटल ककपीट, एम्बीयन्ट लाइट, हाइ माउन्टेड सेन्टर टनेल, प्यानारोमीक सनरुफ, हेडसेट सहितको स्पोर्टी सिट पाउन सकिन्छ ।

मोरिस ग्यारेजले एमजी ७ मा १.५ लिटर टर्बो र २.० लिटर टर्बोगरी दुई इन्जिन अप्सनमा यसलाई ल्याएको छ । कम्पनीले यसको प्लगइन हाइब्रिड भर्सनपनि छिट्टै ल्याउने जनाएको छ ।


Back_to_top