सस्तो गाडी बनाउन प्रतिस्पर्धा: हर्नविल र एस–प्रेसो आउँदै

पछिल्लो समय एसयूभी सवारीको उत्पादन तथा माग तीब्र रुपमा बढी रहेको छ । एसयूभी सेगमेन्टमा पनि मिडसाइज एसयूभी, कम्प्याक्ट एसयूभी लगायत विभिन्न  वर्गमा गाडी बिक्री भइरहेका छन् । 

अब कम्पनीहरु माइक्रो एसयूभीको नारामा साना गाडी बजारमा ल्याउने तयारीमा जुटेका छन् । यस्तोमा भारतीय बजारमा मारुती सुजुकी र टाटा माटेर्सले माइक्रो एसयूभी सार्वजनिक गर्ने तयारी गरि रहेका छन् । 

मारुती सुजुकीले सार्वजनिक गर्ने एस–प्रेसो यही वर्ष बजारमा आउने कुरा बाहिर आएको छ भने, टाटाले हर्नबिललाई २०२० अटो एक्स्पोमा सार्वजनिक गर्ने जनाइएको छ । 

टाटा मोटर्सले उक्त गाडी एच२एक्स कन्सेप्टमा निर्माण गरिरहेको छ । टाटाको ‘डिजाइन २.०’ कन्सेप्टमा आउने यो तेस्रो ब्रान्ड न्यू कार हुनेछ । यसअघि टाटाको ह्यारियर र अल्ट्रोज यही डिजाइन कन्सेप्टमा बनेका गाडी हुन् । 

हर्नबिल नाम दिइएको टाटाको माइक्रो एसयूभीले मारुती सुजुकीको फ्युचर एसमा आधारित रहेर बनाइएको एस–प्रेसोसँग कडा प्रतिस्पर्धा गर्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 


Back_to_top