मन्त्रालयले पाए ५३ करोडदेखि २ खर्ब ११ अर्बसम्म बजेट, कुनले कति ? (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थक वर्ष २०८२/८३ को अनुमानति आय व्यय (बजेट) सार्वजनिक गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी वर्षको बजेट सार्वजनिक गरेका हुन् ।

अर्थमन्त्रीले मन्त्राय अनुसार २ अर्ब देपिख १ खर्ब ९६ अर्ब रुपैयाँसम्म बजेट विनियोजन गरेका छन् ।

अर्थमन्त्रीले आगामी वर्ष कृषि क्षेत्रमा ५७ अर्ब ४८ करोड रुपैयाँ विनियोजन गरेका छन् । त्यस्तै भूमिसुधार तथा सहकारी मन्त्रालयको लागि ७ अर्ब ४९ करोड रुपैयाँ छुट्टाइएको छ ।

त्यसैगरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको लागि १० अर्ब १४ करोड र संस्कृति तथा पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड रकम विनियोजन गरिएको छ ।

वन तथा वातावरण मन्त्रालयको लागि १८ अर्ब ६१ करोड रकम विनियोजन हुँदा संचार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ७२ करोड पाएको छ ।

सामाजिक सुरक्षाको लागि १ खर्ब ९ अर्ब विनियोजन भएको छ । आगामी वर्ष श्रम तथा रोजगार मन्त्रालयको लागि ६२ अर्ब रुपैयाँ छुट्टाइएको छ ।

शिक्षा क्षेत्रमा ठूलो रकम विनियोजन भएको छ । विगतका कार्यक्रमलाई निरन्तरता दिँदै २ खर्ब ११ अर्ब रुपैयाँ शिक्षा मन्त्रालयलाई दिइएको छ ।

सरकारले आधारभूत स्वास्थ सेवाको लागि ठूलो रकम विनियोजन भएको छ । आगामी वर्ष स्वास्थ्य क्षेत्रमा ९५ अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

युवा तथा खेलकुद क्षेत्रको विकास गर्न ठूलो लगानी गर्ने बताएको सरकारले युवा तथा खेलकुद मन्त्रालयको लागि ६ अर्ब ८ करोड रुपैयाँ बिनियोजन गरिएको छ ।

आगामी वर्षका लागि कानुन, न्याय तथा संसदीय मन्त्रालयका लागि सबैभन्दा कम ५३ करोड ५६ लाख रुपैयाँ बजेट छुट्याएको छ ।


Back_to_top