काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ दर्जन सुरुङमार्ग निर्माण अघि बढाउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट मार्फत यस्तो घोषणा गरेका हुन् ।
उनले हाल अध्ययन सम्पन्न भएका ७ वटा सुरुङमार्गक लागि स्रोत व्यवस्थापन गरिएको जानकारी दिए ।
उनका अनुसार दुम्कीबास-बर्दघाट, खुर्कोट-चियाबारी, बबई-छिन्चु, मझिमटार-शक्तिखोर, हेम्जा-नयाँपुल, कुलेखानी-भिमफेदी र धरान-लेउतीको निर्माणका लागि स्रोत व्यवस्थापन र अन्य तयारी अगाडि बढाइनेछ।
त्यस्तै, टोखा-छहरे, शिवपुर-भालुवाङ, रानीघाट-भुरिगाउँ, दोलालघाट-चर्नावती र हात्तिसार-बबई सुरूङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न गरिने उनले बताए ।


