हरेक कम्पनीले आफुले उत्पादन गरेको पहिलो कारलाई विशेष महत्व दिने गर्छन् । उक्त पहिलो कारमा कम्पनीको भबिष्य, योजना र क्षमताले विशेष स्थान पाएको हुन्छ ।
बिगतलाई सम्झाउने यस्ता कारहरु उत्पादकले बिभिन्न प्रर्दशनी तथा आफ्ना शोरुमहरुमा सजाएर राख्ने गरेको पाईन्छ । ब्राजिलमा जारी साउ पावलो अन्तर्राष्ट्रिय मोटर शोमा मित्सुबीसीले आफ्नो पहिलो कार पिएक्स –३३ प्रर्दशन गरेको छ ।
फोर ह्वील ड्राइभमा निर्माण भएको कम्पनीको पहिलो प्यासेन्जर कार पिएक्स–३३ पछिल्लो समय विशेषत कार्गाे बोक्नकोलागि प्रयोग हुदै आएको थियो ।
सन् १९४० मा जापान सरकारले पिएक्स–३३ कारलाई मिलिटिरी फोर्सको लागि प्रयोग गर्ने हुने गर्थ्यो । उक्त समयमा कम्पनीले पिएक्स–३३ को मात्रै चार वटा युनिट निर्माण गरेर उत्पादन गरेको थियो । हाल, उक्त कारलाई कम्पनीले एतिहासिक रोडइनोभेसनको रुपमा विभिन्न अटो शोमा प्रदर्शन गर्दै आएको छ ।
पिएक्स–३३ गाडीमा ६.७ लिटर डिजेल इन्जिन लगाइएको छ । यसले ७० बीएचपी पावर उत्पादन गर्छ । यो गाडीलाई मित्सुबीसी पजेरोको जन्मदाताको रुपमा लिने गरिएको छ ।


