ब्याजदर अझै घटाउने राष्ट्र बैंकको नीति, घटाइयो नीतिगत दर (पूर्णपाठ)

काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर अझै घटाउने नीति लिएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै बैंकदरहरू घटाएका हुन् ।

उनले ब्याजदर करिडोरको माथिल्लो सीमाको रुपमा रहेको बैंकदर ६.५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेका छन् ।

त्यस्तै, नीतिगत दर पनि ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशतमा झारेका छन् । त्यस्तै निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा घटाएका छन् ।

उनले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात यथावत राखेका छन् ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा निजी क्षेत्रतर्फ १२ प्रतिशत कर्जा वृद्धि गर्ने लक्ष्य राखेको छ ।

 


Back_to_top