बजाजले ल्यायो सबैभन्दा सस्तो मूल्यमा डबल च्यानल एबीएस भएको मोटरसाइकल

काठमाडौं । पल्सर एन १६०को नयाँ भर्सन सार्वजनिक भएको छ । बजाज अटोले भारतीय बजारमा डबल च्यानल एबीएस भएको सबैभन्दा कम मूल्यको पल्सर एन १६० सार्वजनिक गरेको हो ।

कम्पनीले पल्सर एन १५० को सिंगल पिस सिट भेरियन्टमा डबल च्यानल एबीएससहित १ लाख २५ हजार ७२२ रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले नयाँ मोडलमा सिगंल पिस सिट, इन्भर्टेड सस्पेन्सन र डबल च्यानल एबीएसका अलावा अन्य कुनै परिर्वतन गरेको छैन् । नयाँ सिट सेटअपमा आएको पल्सर एन १६० अझै आरामदायी भएको कम्पनीको दाबी छ ।

बजाजको पल्सर एन १६० मा ट्वीन भर्टिकल एलईडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलईडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्क्रीन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पाउन सकिन्छ ।

यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । बजाजको यो विल्कुलै नयाँ इन्जिन हो । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४.६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।

बजाजले १६० एनमा पनि सेमिडिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिएको छ । साथै, एबीएस र दुवै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील पाउन सकिन्छ ।

 


Back_to_top