तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक युवाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका-३२ तीनकुनेस्थित सडकमा गए राति बा ६८ प ४१५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो ।

दुर्घटनामा मोटरसाइकल चालक कैलाली गोदावरी गाउँपालिका-८ घर भई काठमाडौंको बानेश्वर बस्ने २१ वर्षीय समिर चौधरीको मृत्यु भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार दुर्घटनामा गम्भीर घाइते चौधरीको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज मृत्यु भएको थियो ।


Back_to_top