काठमाडौं । दुईपाङ्ग्रे सवारी चलाउँदा अनिवार्यरुपमा लगाइने सुरक्षा कवच हो, हेल्मेट । विशेषतः मोटरसाईकल, स्कुटर, साईकलजस्ता दुईपाङ्ग्रे सवारीसाधनका चालकले सुरक्षाको लागि हेल्मेटको प्रयोग गर्छन् । जसलाई नेपालमा अनिवार्यसमेत गरिएको छ ।
सरकारले हेलमेट सुरक्षा मापदण्ड बनाउने भन्दै एउटा कमिटि बनाएको छ । उक्त कमिटिले सुरक्षा मापदण्ड निर्धारणमा सहयोग गर्नेछ । प्रदुषण मापदण्डजस्तै नेपालको आफ्नै हेलमेट सेफ्टीको मापदण्ड निर्माण गर्ने छ । उक्त मापदण्ड पछि सबैखाले हेलमेट आउने परिपार्टीको अन्त्य हुने छ ।
काठमाडौं उपत्यकाभित्रका सडकमा उप्किएका, खाल्डाखुल्डी, धूलो, सडकमा बिछ्याइएका तार, ट्राफिक संकेतको अपर्याप्ततालगायतका कारणले धेरै दुर्घटना बढिरहेका छन् । यस्ता सडक दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाईकल प्रयोगकर्ताको संख्या सबैभन्दा बढी देखिन्छ ।
यस्ता हेल्मेट भारतको ‘आईसए सर्टिफाइड’, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको ईसीएस सर्टिफाइड हुने गरेका छन् ।
त्यसमा पनि दुर्घटनामा परेकाहरूको टाउकामा गम्भीर चोट लागेकै कारण मृत्यु हुने भएकाले हेल्मेटको प्रयोग अत्याश्यक मानिएको हो । तर, गुणस्तरीय हेल्मेटको प्रयोग नभएका कारण यस्ता दुर्घटनामा मृत्यु हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।
लामो समयदेखि हेल्मेट व्यापार गर्दैआएका व्यवसायीहरू हेल्मेटको प्रकृृति, बनावट तथा ब्राण्डका आधारमा हेल्मेट किन्न सुझाव दिन्छन् । उनीहरू भन्छन्, ‘सस्तो र राम्रोभन्दा पनि टिकाउयोग्य र सर्टिफाईट हेल्मेट बढी सुरक्षित हुने गर्छ ।’
तर, ग्राहकहरू बलियो, ब्राण्डेडभन्दा पनि सस्तो, हेर्दा राम्रो र स्टाईलिस देखिने हेल्मेट प्रयोग गर्न रुचाउने जमात धेरै भएको उनीहरू बताउँछन् ।
कहाँबाट आउँछ, नेपालमा हेल्मेट ?
नेपाली बजारमा हाल अमेरिका, अस्ट्रेलिया, थाईल्याण्ड, चीन, भारतजस्ता देशबाट हेल्मेट आयात गरिन्छ । स्वदेशमा नै हेल्मेट उत्पादन भए तापनि सर्टिफाईट नभएको, ब्राण्डेड तथा आवश्यक मापदण्ड निर्धारण नगरिएको कारण अन्य देशबाट आयातीत हेल्मेट बढी बिक्ने गरेको छ ।
चीनबाट आयात गरिने हेल्मेटमध्ये एमआरसी, स्नेल, आरजेएस, बियोन ब्राण्डका धेरै बिक्छन् भने, भारतबाट ल्याइने एएनजी, स्टील बर्ड, भेगा तथा थाईल्याण्डबाट ल्याइने एसटीएम, इन्डेक्स, स्पेस क्राउन, स्नेल तथा एलएसटुजस्ता हेल्मेट धेरै बिक्री हुने गरेको त्रिपुरेश्वरका व्यापारी विश्वास हाडा बताउँछन् ।
‘रेसर तथा नयाँ पुस्ताका युवायुवतीको मागअनुरुप अमेरिका र अस्ट्रेलियाबाट पनि ब्राण्डेड हेल्मेट आयात गरिन्छ ।’ अर्का व्यापारी मनिष महर्जनले मेरोअटोसँग भने ।
ती देशबाट आयात गरिने हेल्मेटमा यासिएर, विस र फक्स थाईल्याण्डबाट ल्याइनेमध्ये डेकेन, एजीबी, केट, इण्डोनेसियाबाट आयात गरिने डीएचएच, सीएचसी, जीएमटी बढी बिक्ने गरेको उनले जानकारी दिए ।
‘सस्तो र राम्रोभन्दा पनि टिकाउयोग्य र सर्टिफाईट हेल्मेट बढी सुरक्षित हुने गर्छ ।’
यस्ता हेल्मेट भारतको ‘आईसए सर्टिफाइड’, अमेरिकाको डर्ट सर्टिफाइड तथा युरोपको ईसीएस सर्टिफाइड हुने गरेका छन् । यससँग सम्बद्ध व्यापारीले गुणस्तरीय हेल्मेट हो वा होइन भन्ने थाहा पाउन त्यसको ब्राण्ड र सर्टिफिकेसनमा ध्यान दिन जरुरी भएको ब्यवसायीहरू बताउँछन् ।
नेपाली बजारमा हाल ७ सय ५० देखि २ लाखसम्मको हेल्मेट पाइन्छ ।
कस्तो हेल्मेट राम्रो ?
हेल्मेट खरिद गर्दा खरिदकर्ताले ब्राण्डेड, सर्टिफाईट तथा टिकाउयोग्य छ/छैन भन्ने कुरामा ध्यान दिनु आवश्यक छ । यस्ता हेल्मेट अन्यको तुलनामा केही महङ्गो भए तापनि सुरक्षित हुने गर्छ ।
हेल्मेटमा राखिएको थर्मकोल, लगाउँदाको कम्फर्ट, चिन ग्याप, वजनका आधारमा हेल्मेटको गुणस्तर छुट्याउन सकिनेछ । आफ्नो सवारीसाधनको कलरभन्दा पनि हेल्मेटको सुरक्षा र बनोट हेरेर हेल्मेट किन्नुपर्छ ।
हेल्मेट खरिद गर्नुपूर्व सकेसम्म नाईटभिजन भएको, हेल्मेटभित्रका फर्म स्मूथ भए/नभएको, मौसमअनुसार ओपन वा हाफ, टाउकोको साईजअनुसार हेल्मेट किन्नुपर्ने हुन्छ । बढीमा एक वर्ष, नत्र छ महिनामा हेल्मेटको पार्ट तथा आवश्यकताअनुसार हेल्मेट नै परिवर्तन गर्नुपर्छ ।