लिक भयो एमटी १५को नयाँ इन्जिन पावर फिगर

यामाहा मास्टर अफ टर्कको नामले चिनिने मोटरसाइकल एमटी–१५ को बीएस६ भर्सनकाे इन्जिन स्पेकिफिकेसन लिक भएको छ । कम्पनीले आफ्नो पछिल्लो मोडल एमटी १५ को इन्जिनमा परिमार्जन गरेर बीएस६ मापदण्डमा सार्वजसनिक गर्ने लागेको यसको इन्जिनको पावर फिगर लिक भएको हो ।

बीएस ६ इन्जिनपछि एमटी १५ को मूल्य ४ हजार भारुले बढ्ने यामाहा इन्डियाले घोषणा गरिसकेको छ । नयाँ मापदण्ड अनुसारको मोटरसाइकल फेब्रुअरीबाट बजारमा लानेसमेत कम्पनीले जानकारी दिएको छ ।

यामाहा आर १५ र एमटी १५ मा एउटै इन्जिन रहेको छ भने, कम्पनीले आर १५ भी ३ मा समेत यहि इन्जिनलाई निरन्तरता दिने भएको छ । कम्पनीले बीएस ६ इन्जिनमा बीएस ४ को तुलनामा पावरमा केही कमि आउने देखिएको छ । बीएस ४ इन्जिनले १९ बीएच पावर जेनेरेट गर्छ भने बीएस ६ इन्जिनले १८.२४ बीएच पावर जेनेरेट गर्ने देखिएको छ ।

यसमा मेकानिकल बाहेक अन्य कुनै फिचरमा परिमार्जन भने हुने छैन । यसको अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोसक दिइएको छ । डिजिटल इन्ट्रुमेन्टल कन्सोल रहेको यो मोटरसाइकलमा एलइडी हेडलाईट र एबीएसको विशेषता रहेको छ ।


Back_to_top