काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले भदौ ७ गतेदेखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने नाडा अटो शो २०२२ को स्टल बाँडफाँड सम्पन्न भएको छ । आयोजकले हिजो असार २ गते बिहिबार स्टल बाँडफाँड गरेको हो ।
विगत दुई वर्षदेखि हुन नसकेको अटोमा यस वर्षभने निकै अकर्षण देखिएको छ । चार दिनकालागि खुल्ला गरिएको रजिष्ट्रेशनमा दुई दिनमै सम्पूर्ण स्टल बुकिङ भएको थियो ।
अटो शोको व्यवस्थापन कम्पनी ग्लोबल एक्स्पोजिशनका प्रतिनिधि, नाडा अटो शो समितिका पदाधिकारी र विभिन्न कम्पनीका प्रतिनिधिको उपस्थितिमा स्टल बाँडफाँड भएको थियो ।
विगतका संस्करणहरु भन्दा पृथक यस वर्ष कमर्शियल भेहिकलहरुको सहभागिता रहनुका साथै विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने उद्देश्यले छुट्टै दुई पाङ्ग्रे इलेक्ट्रीक पेभिलियन समेत राखिने छ ।
अटो शो संयोजक अनुप बरालका अनुसार यस वर्ष धेरै कम्पनीहरुले अटो शोमा सहभागिता जनाउन चाहेका छन् । सिमित स्थानको बाबजुद धेरैलाई समेट्न प्रयास गरिएको उनले बताए ।
अटो व्यवसायीहरुको प्रोत्साहन, बजार सर्वेक्षण एवं नयाँ ब्राण्डहरुको प्रक्षेपणकालागि समेत नाडा अटो शो अपरिहार्य रहेको बताउँदै बराल भन्छन्, ‘नयाँ उत्पादनको प्रवद्र्धन, भविष्यका सवारी साधनका परिकल्पना, इन्जिनियरिङ र म्यानुफ््याक्चरिङ क्षेत्रका विज्ञलाई ल्याएर छलफल तथा अन्तक्र्रिया आयोजना गछौं ।’


