मोटरसाइकल र स्कुटरमा लाग्ने वार्षिक कर स्थीर

काठमाडौं । बागमती प्रदेशले २०७९/०८० को बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले सरकारले विगतदेखि नै एक महिना अगाडि बजेट प्रस्तुत गर्ने र त्यसको कार्यान्वयन साउन १ गतेदेखि गर्दै आएको छ ।

विशेषत प्रदेश सरकारको सबैभन्दा धेरै कमाइ सवारी साधनको बार्षिक करबाट हुने गरेको छ । त्यसैले प्रदेश सरकारले विगत ४ वर्ष लगातार सवारीसाधनको कार वृद्धि गरेको थियो ।

बागमती प्रदेशले यस वर्ष दुइपाङ्ग्रे सवारीमा लाग्दै आएको वार्षिक करको दरमा कुनै परिर्वतन गरेको छैन । अघिल्लो सरकारले लगाएको करलाई नै यो सरकारले निरन्तरता दिएको हो ।

संघिय बजेटले मोटरसाइकलाई २०० सीसीसम्म आवश्यक साधनको रुपमा वर्गिकरण गरेका कारण प्रदेश सरकारले २०० सीसीसम्मका मोटरसाइकललाई केही प्राथमिकता दिने अनुमान रहेको थियो । तर, प्रदेश सरकारले ल्याएको बजेटले अघिल्लो करको दरमा कुनै हेरफेर नगरेको हो ।

अघिल्लो आर्थिक वर्षमा बागमती प्रदेशले १५० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकलमा एकै पटक २ हजार रुपैयाँ वार्षिक कर वृद्धि गरेको थियो ।

बागमती प्रदेशले लगाएको दुई पाङ्ग्रे सवारीसाधनमा इलेक्ट्रीकसहितको कर यस प्रकारको छ ।


Back_to_top