नाडा अटो शोमा बेनेलीः २५० सीसी सेग्मेन्टमा आक्रमक बन्दै

काठमाडौं । नेपाली युवा पुस्ताको आकर्षण र भौगोलिक अवस्थालाई मध्यनजर गर्दै विभिन्न दुई पाँग्रे कम्पनीले २५० सीसी सेगमेन्टमा मोटरसाइकल बिक्रीलाई प्राथमिकता दिन थालेका छन् । पछिल्लो समय नेपाली बजारमा २५० सीसी सेगमेन्टका मोटरसाइकलमा तिब्र प्रतिस्पर्धा देखिन थालेको छ ।

विगतका वर्षहरु जस्तै, यस वर्ष पनि आगामी भदौ १० गतेदेखि सुरु हुने नाडा अटो शो २०१९ विभिन्न कम्पनीहरुले नयाँ सवारी ल्याउने तयारी गरिरहेका छन् । यसैबीच, बेनेलीको आधिकारीक बिक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङले बेनेलीका दुई नयाँ मोटरसाइकल लियोन्सिनो २५० र टिआर के २५० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले २५० सीसी सेग्मेन्टको बढ्दो व्यापार र प्रतिस्पर्धालाई ध्यानमा राख्दै मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

लियोन्सिनो २५०

गत वर्षको भदौमा आयोजित नाडा अटोशोमा प्रदर्शन गरिएको लियोन्सिनो २५० यस वर्ष नाडा अटो शोबाट बिक्री सुरु हुने भएको हो ।  यो मोटरसाइकलको मूल्य ६ लाख ३० हजार रुपैयाँमा तोकिएको कम्पनीले जनाएको छ ।

मोटरसाइकलमा फोर स्ट्रोक २४९ सीसी डिओएचसी सिंगल सिलिन्डर इन्जिन लगाइएको छ । यसले, ९२५० आरपीएममा २५.८ बीएचपी पावरका साथै ८ हजार आरपीएममा २१.२ एनएम टर्क उत्पादन गर्छ । उक्त इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ ।

फ्रन्टमा २८० एमएम सिंगल डिस्क ब्रेक र रियरमा २४० एमएम सिंगल डिस्क ब्रेक लगाइएको छ । फ्रन्ट र रियरमा समान १७ इन्चको आल्मुनियम अलोय ह्वील दिइएको छ ।

यसको लम्बाई २०८० एमएम, चौडाई ८३० एमएम, उचाइ ११०० एमएम रहेको छ । १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको यस मोटरसाइकलको ह्वीलवेश १४०० एमएम रहेको छ ।

बाइकको तौल १५३ किलोग्राम रहेको छ । प्रतिलिटर २४.३९ किलोमिटर माइलेज रहेको यस मोटरसाइकलमा स्पीडोमिटर, टेकोमिटर, एबीएस लाइट, एबीएस, फ्युल गज, ट्रिप मिटर, इलेक्ट्रीक स्टार्ट, डबल प्रोजेक्टर हेडलाइट, एलइडी टेललाइट लगायतका विशेषता दिइएको छ ।

टिआरके २५०

कम्पनीले नाडा अटो शोमा २५० सेग्मेन्टको एड्भेन्चर मोटरसाइकल टिआरके २५० सार्वजनिक गर्ने भएको छ । यो मोटरसाइकल ६ लाख ३० हजार रुपैयाँमा सार्वजनिक हुने कम्पनीले जनाएको छ ।

यसमा २४९ सीसी फोर स्ट्रोक फ्युल इन्जेक्टेड लिक्वीड कुल्ड इन्जिनको प्रयोग गरिएको छ । यो इन्जिनले ९ हजार २५० आरपिएममा २५.८ बीएचपी पावरका साथै ८ हजार आरपीएममा २१.२ एनएम टर्क उत्पादन गर्छ ।

यसको फ्रन्टमा २८० एमएम र रियरमा २४० एमएमको सिंगल डिस्क ब्रेक दिइएको छ । एबीएसको विशेषता दिइएको यस मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील लगाइएको छ । यसको लम्बाई २१०० एमएम, चौडाई ८४० एमएम, उचाई १३२० एमएम रहेको छ । १४२५ एमएम ह्वीलवेश रहेको यस मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स २०० एमएम रहेको छ ।

१५३ किलोवाट तौलरहेको यो मोटरसाइकलले प्रतिलिटर २४.३९ किलोमिटर माइलेज दिन्छ । यसमा एबीएस लाइट, युएसडी फर्क, लार्ज विन्डस्क्रिन, एलइडी टेललाइट, स्पीडोमिटर, टेकोमिटर, एबीएस लाइटजस्ता विशेषता दिइएको छ । यसका अलवा कम्पनीले नाडा अटो शोमा बेनेलीको बीएन २५१, टिएनटी १५, १५० आइ मोटरसाइकल प्रदर्शनी तथा बिक्रीका लागी राख्ने भएको छ । 


Back_to_top