नागढुंगामा सुरुङ मार्ग बनाउन ६ अर्ब बजेट

काठमाडौं । नागढुंगा सुरुङ मार्ग निर्माणका लागि ६ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरिएको छ । नागढुंगामा आगामी आर्थिक वर्षबाट सुरुमार्ग निर्माण सुरु गरिने भएको हो ।

सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले नागढुंगा सुरुङ मार्गमा निर्माणमा उक्त बजेट विनियोजन गरेको हो । अब सुरुङ खन्ने काम चाँडै सुरु हुने जनाइएको छ ।

यही कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको सिलनयास गरेका थिए ।

सिलन्यास भएको २ महिनासम्ममा विल्डिङ, कार्यालय, इन्जिनीयर बस्ने ठाउँको व्यवस्था भइरहेको नागढुंगा सुरुङ मार्ग आयोजना प्रमुख स्याम खरेलले जानकारी दिए । त्यससँगै सर्भे गर्ने र त्यसको एप्रुभको काम भइरहेको उनी बताउछन् ।


Back_to_top