सुरू भयो नाइमा मोबिलिटी एक्स्पो

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ सुरू भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा)ले दोस्रोेपटक आयोजना गरेको एक्स्पोको मंगलबार बिहान नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्यले पानसमा बत्ती बालेर शुभारम्भ गरेका हुन् ।

काठमाडौंको भृकुटीमण्डमा आयोजना भएको मोबिलिटी एक्स्पोमा ५५ ब्राण्डले सहभागिता जनाएका छन् । ती ब्राण्डले एक्स्पोमा ४० बढी मोडल नयाँ सवारी सार्वजनिक गर्ने आयोजक नाइमाले बताएको छ ।

नाइमाकी अध्यक्ष वैद्यले १ वर्षअघिमात्रै उत्पादक र आयातकर्ता मिलेर संस्था स्थापना गरेकाे बताइन्।सुरूमा २१ सदस्य रहेकाे नाइमा ३६ सदस्य भएका छन्।

वैद्यले नेपालकाे यातायात क्षेत्र विद्युतीय तर्फ गएकाे बताउँदै हरित अर्थतन्त्रमा सहयाेग गरेकाे बताईन्। उनले माेबिलिटी भनेकाे सवारी साधानमात्रै नभई विभिन्न क्षेत्रकाे पहुँच समेत रहेकाे बताउँछिन्।

उनले सरकारले कुनैपनि नीति निर्माण गर्दा अटाे व्यवसायीसंग छलफल गर्न आग्रह गरेकी छन्। नेपालमा अटाे कम्पाेनेन्टका उद्याेग खाेल्न सरकारले प्राेत्साहन गर्दा एसेम्बल प्लान्ट सफल हुने बताइन्।

नेपाल प्रहरी महानिरीक्षक कार्कीले सडक सुरक्षा, सवारी व्यवस्थापन महत्त्वपूर्ण विषय रहेकाे बताए। सडकमा गुड्ने सवारी जति सुरक्षित हुन्छन् समाजका लागि राम्राे हुने बताए।

नेपाल प्रहरीले ट्राफिक सचेतना, सवारी व्यवस्थापनमा काम गरिरहेकाे बताउँदै महानिरिक्षक कार्कीले सवारी दुर्घटनामा चलककाे लापरबाही देखाईएपनि इन्जिनियरिङ महत्त्वपूर्ण रहेकाे बताए।

उनले गत आर्थिक वर्ष २७०० जना सडक दुर्घटनामा ज्यान गएकाे र ४७ हजार ५०० घाइते भएकाे बताए। दुर्घटना हुने ५९ प्रतिशत माेटरसाइकल रहेकाे बताए। उनले पछिल्ला वर्षमा धेरै ब्रान्डका गाडी भित्रिएकाे तर विक्रीपछि सेवा नभएकाे गुनासाे बढेकाे बताए। गाडी चढ्ने पढेलेखेका व्यक्तिहरूनै जथाभावी पार्किङ गर्दा अस्तव्यस्त हुने गरेकाे बताए।

बिक्रेताहरूले ग्राहकलाई आकर्षित गर्न एक अर्काकोभन्दा फरक, आकर्षक, कलात्मक स्टल निर्माण गरेका छन् । साथै, ग्राहक तान्न आकर्षक छुट अफर समेत घोषणा गर्दैछन् ।

मोबिलिटी एक्स्पोमा चारपाँग्रेतर्फ हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाइडी, ओमोडा एण्ड जेको, एमजी, सिट्रोन, आइकार, हेनरी भोल्ट्स, फोर्थिङ, डेन्जा, केई, होनरी बोमा, बीएआइसी, आर्कफक्स, ग्रेट वाल मोटर्स, जिकर, लीपमोटर, वुलिङ ब्राण्ड सहभागी छन् ।

दुईपाँग्रेतर्फ बजाज, होण्डा, टीभीएस, रोयल इन्फिल्ड, केटीएम, सुजुकी, एथर, याडिया, निउ, प्यूजो/बगुस, अल्ट्राभ्वाइलेट, केरेन, ग्याराे, सीएफ मोटो, ट्रायम्फ, जेएक्स मोटो/सीएक्स ब्राण्ड रहेका छन् ।

कर्मियल भेहिकल चेरी वान्डा, केरी, केयटन, डोङफेङ, स्काईवर्थ लगायत छन् ।

साथै, एक्स्पोमा बैंक तथा वित्तीय संस्था, बीमा कम्पनीहरूको पनि सहभागिता छ । एक्स्पोमा सवारी प्रदर्शनसँगै विभिन्न नलेज सिरिज समेत संचालन हुने नाइमा जनाएको छ ।

नाइमाले प्रदर्शनीमा आउने अवलोकनकर्ताका लागि कारका लागि नेपाल पुलिस क्लब र मोटरसाइकललाई भृकुटीमण्डप भित्रै पार्किङको व्यवस्था मिलाएको छ । मोबिलिटी एक्स्पो अवलोकन गर्न २०० रुपैयाँको टिकट लिनुपर्नेछ । विद्यार्थीले भने टिकट शुल्कमा ५० प्रतिशत छुट पाउने छन् ।

मोबिलिटी एक्स्पो साउन ३१ गतेसम्म संचालन हुनेछ ।


Back_to_top