चितवन । डोङफेङ ईभीको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले चितवनमा आफ्नो प्रिमियम र स्मार्ट ईभी नामी सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर नामीको इलेक्ट्रीक ह्याचव्याक बिक्री सुरु गरेको हो ।
चितवनका ब्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको कार्यक्रममा ह्याचव्याक सेगमेन्टकै सबैभन्दा विलासी र इन्टेलिजेन्ट कार नामी ईभी बिक्री सुरु गरिएको थियो ।
यसमा धेरै सेगमेन्ट-फस्र्ट र सेगमेन्टमै उत्कृष्ट प्रविधि दिइएको कम्पनीको दावी छ । नामी सार्वजनिक गर्दै एमएडब्लू वृद्धि मोटर्सका बिजनेस हेड प्रशन्न पन्तले भने, ‘नामी ईभीले देशभरका ग्राहकहरूबाट व्यापक स्वीकारोक्ति र प्रशंसा पाइरहेको छ । त्यसको निरन्तरता चितवनमा पनि पाउने विश्वास छ ।’
नामी ईभी आफ्नो आकर्षक डिजाइन, लग्जरी इन्टेरियर र उन्नत प्रविधि भएको कार हो । यसमा वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस ढोर, फ्लश ढोर ह्यान्डल, अटो पार्किङ र टेबल टपसहितको यात्रु ड्रएर जस्ता सेगमेन्ट–फस्ट फिचर छन् ।
नामी ईवान, नामी ईटू र नामी ईथ्री गरी तीन भेरियन्ट किन्न पाइन्छ । यसको मूल्य ३० लाख २४ लाखदेखि ३५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।
नामीले लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, १७ इन्चको ह्वील, १२ अल्ट्रासोनिक रडारसहितको ३६० डिग्री क्यामेरा, एडेप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर पाउन सकिन्छ ।
नयाँ शोरुमको उद्घाटनसँगै एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प पनि सुरु भएको छ । माघ २१ गतेदेखि २३ गतेसम्म भरतपुरको सीएमटी रिसोर्टमा चितवनकै सबैभन्दा ठूलो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प भइरहेको एमएडब्लू बृद्धिले जनाएको छ ।
यस एक्स्चेन्ज क्याम्पमा सेरेस र नामी ईभी खरिद गर्ने उपभोक्ताले निःशुल्क ७ किलोवाट चार्जर, उत्कृष्ट एक्सचेन्ज मूल्य र बोनस पाउने छन् ।