निकै महंगो भयो ‘एक्सपल्स २००’, फोर भीमा पनि मूल्य वृद्धि

काठमाडौं । हिरो एक्सपल्स २०० को मूल्य वृद्धि भएको छ । हिरो एक्सपल्स २०० सिरिजकाे मूल्य १५ हजार रुपैयाँसम्मले बढेको हो ।

हिरोले नयाँ मूल्यसूची सार्वजनिक गर्दै एक्सपल्सको दुई भेरियन्टको मूल्य वृद्धि गरेको हो ।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले एक्सपल्स २०० प्रोको मूल्य १५ हजार रुपैयाँले बढाएर नयाँ मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ पुर्याएको छ ।

यसअघि नाडा अटो शो २०२४ मा पहिलोपटक सार्वजनिक भएको यो मोटरसाइकलको मूल्य ४ लाख ८४ हजार ९०० रुपैयाँ रहेको थियो । कम्पनीले पहिलो पटक एक्सपल्स २०० फोर भी प्रोको मूल्य वृद्धि गरेको हो ।

त्यस्तै एक्सपल्सको अर्को भेरियन्ट २०० फोर भीको मूल्य समेत वृद्धि भएको छ । कम्पनीले फोर भी मोडलमा भने १० हजार रुपैयाँले मूल्य बढाएर ४ लाख ७५ हजार ९०० रुपैयाँ तोकेको हो । यस अघि यसको मूल्य ४ लाख ६४ हजार ९०० रुपैयाँ रहेको थियो ।

सिजी मोटर्सले नेपालमै एसेम्बलर गरेर बिक्री गर्दै आएको एक्सपल्स निकै पपुलर मोटरसाइकल हो ।


Back_to_top