काठमाडौं । जेसीबी मेसिनहरूका लागि देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरू भएको छ ।
नेपालमा जेसीबीको अधिकृत डिस्ट्रीब्युटर एमएडब्लू अर्थमुभर्स प्रालिले सन् २०२० र त्यसअघि बिक्री भएका सबै मेसिनहरूका लागि हेल्थ चेकअप क्याम्पेन सुरू गरेको हो ।
मंसिर ४ गतेदेखि सुरू भएको उक्त क्याम्प पुस १६ गतेसम्म संचालन हुनेछ । यस अभियानले पुराना मेसिनहरूलाई सुरक्षित, भरपर्दो र राम्रो अवस्थामा राख्न ग्राहकलाई सहयोग गर्ने उद्देश्य राखिएको कम्पनीले जनाएको छ ।
यस क्याम्पमा ग्राहकले तालिमप्राप्त जेसीबी प्राविधिकबाट आफ्नो मेसिनको निःशुल्क हेल्थ चेकअप गराउन सक्नेछन्। यस चेकअपले मेसिनमा हुनसक्ने समस्याहरू पहिचान गर्न मद्दत गर्ने र मेसिनको राम्रो प्रदर्शन पनि सुनिश्चित गर्नेछ।
क्याम्पमा ग्राहकले जेन्युइन जेसीबी लुब्रिकेन्ट र स्पेयर पाट्र्समा १५ प्रतिशत छुट र अथराइज्ड जेसीबी वर्कसपमा सर्भिस तथा मर्मतमा २० प्रतिशत छुट पाउने छन् ।
यो अभियान धनगढी, सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, चितवन, काठमाडौं, पोखरा, वीरगञ्ज, जनकपुर, इटहरी र बिर्तामोडमा रहेका नेपालका सबै १२ वटा जेसीबी शाखामा लागू हुनेछ। देशभर रहेका यी शाखाहरू मार्फत ग्राहकले आफ्नो नजिकको स्थानमै सहज रूपमा सेवा पाउन सक्नेछन्।

