‘क्लासिक ३५०’ नेपाली अर्थतन्त्रको इन्जिन बन्ने ७ कारण

काठमाडौं । सामान्य हिसाबले मोटरसाइकल भन्नाले आवतजावत गर्न प्रयोग गरिने साधन बुझिन्छ । तर, देशको एउटा उद्योगकै लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने मोटरसाइकल भन्नासाथ धेरैको मनमा उब्जने ब्राण्ड रोयल इनफिल्ड हो ।

रोयल इनफिल्डको क्लासिक ३५० र हिमालयन जस्ता मोडल नेपालको पर्यटन उद्योगमा खुबै रुचाइएका मोटरसाइकल हुन् । खासगरी, साहासिक पर्यटन, मोटरसाइकल टुरिङ, पहाडी जिल्लाको भ्रमण जस्ता कुरामा सहयोगी बन्दै आएको क्लासिक ३५० अर्थतन्त्रकै इन्जिनका रूपमा काम गर्दै आएको छ ।

नेपालको भू-वनोट अनुसारको डिजाइन

भारतमा बनेको रोयल इनफिल्ड क्लासिक ३५० को रेट्रो डिजाइन र बलियो इन्जिनले हिमाली र पहाडी बाटाहरूमा उत्कृष्ट पर्फमेन्स दिन्छ । यसको टिकाउपन र स्थिरताले लामो यात्राको उपयोगी बनाएको छ । त्यसैले यसलाई नेपाल सुहाउँदो बनोट भएको मोटरसाइकल भनिन्छ ।

अफरोडमा पनि उत्कृष्ट यात्रा गराउन सक्षम क्लासिक ३५० ग्रामीण भेगदेखि हिमाली ट्रेलहरूमा पनि चलाउन सकिन्छ । त्यसैले एड्भेन्चर टुरिङ मनपराउने विदेशीदेखि स्वदेशी राइडरको रोजाइमा यो पर्दै आएको छ ।

टुरिङ क्रेज र बढ्दो पर्यटन

अहिले केही दिन छुट्टी हुने बित्तिकै युवाहरू एक सहरबाट अर्को सहर हुँदै पर्यटकीय गन्तव्यमा पुग्ने ट्रेन्ड बढ्दै गएको छ । विदेशी पर्यटक मोटरसाइकल मार्फत लुम्बिनी, पोखरा, मुस्ताङ, मनाङ, रारा ताल, जनकपुर, इलाम, चितवन, बर्दिया, खप्तड जस्ता गन्तव्यमा जान चाहेमा उनीहरूको पहिलो रोजाइमा क्लासिक ३५० रोज्ने गरेका छन् । धार्मिक पर्यटनमा समेत रोयल इनफिल्डको प्रयोग बढ्दै गएको छ ।

ब्राण्ड लिगेसी र विश्वसनियता

विश्व युद्धसँग प्रत्यक्ष जोडिएको रोयल इनफिल्ड ब्राण्ड आइकोनिक मोटरसाइकलको लागि परिचित छ । यसको ब्राण्ड भ्यालू विश्वभर नै राम्रो छ । मोटरसाइकल भाडामा लिएर घुम्ने योजना सहित आउने पर्यटकसँग यसको विकल्प खासै छैन ।

देशका मुख्य सहरमा रोयल इनफिल्डको बिक्री तथा सर्भिस सेवा उपलब्ध रहेको कारण यात्रुले ढुक्कसँग यसलाई लिएर हिँड्न सक्छन् ।

सुरक्षा फिचरमा अब्बल, मूल्यमा सस्तो

रोयल इनफिल्डले क्लासिक ३५० मोडलमा एलईडी/गोलो आकारमा सजिएको हेडलाइट, आकर्षक स्पोक ह्वील, स्मार्ट इन्स्ट्रुमेन्ट क्लष्टर दिएको छ । ३५० सीसी क्षमताको इन्जिन भएको मोटरसाइकल केबल ५ लाख ५५ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ । त्यही कारण इन्जिन साइज अनुसार नेपालमा पाइने सस्तो मोटरसाइकलमा क्लासिक ३५० पर्छ ।

यो मोटरसाइकल सुरक्षाको दृष्टिकोणबाट निकै सुरक्षित मानिन्छ । यो मोटरसाइकलमा पावरभन्दा धेरै टर्क भएको कारण यसले अफरोडमा निकै राम्रो प्रदर्शन गर्छ । यो रेसिङमाभन्दा पनि टुरिङमा धेरै प्रयोग हुने भएका कारण यो मोटरसाइकलको दुर्घटना रेट एकदमै न्यून छ । रोयल इनफिल्ड मोटरसाइकल दुर्घटना भएर मानवीय क्षति भएको कमै सुन्न पाइन्छ ।

मोटरसाइकल संस्कृतिको पर्यावाची

रोयल इनफिल्डले नेपालमा मोटरसाइकल टुरिङ कल्चर विकास गरेको हो । विभिन्न समूहमा राइडरहरू बनाएर ग्रुपमा राइड गर्ने परम्परालाई अहिले पनि निरन्तरता दिइएको छ । यसरी ग्रुपमा राइड गरेका तस्बिरहरू सामाजिक संजालमा निकै प्रकाशित हुन्छन् । यसले क्लासिक ३५० को बिक्रीमै ठूलो फरक आएको छ ।

Royal Enfield classic 350

नेपालको पर्यटनसँग ठ्याक्कै मिल्ने

नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण देश मानिन्छ । यहाँका हिमाली र उच्च पहाडी क्षेमा साहसिक पर्यटक धेरै आउने गरेका छन् । यस्तोमा क्लासिक ३५० को लुकले धेरैलाई नेपालको पर्यटनसँग दाँजेर हेर्ने गरेको पाइन्छ । यसको भिन्टेज डिजाइनले नेपालको संस्कृतिसँग मेलखाने धेरैको बुझाइ छ ।

अन्तिममा,

नेपालमा रोयल इनफिल्ड क्लासिक ३५० मोटरसाइकल मात्रै नभएर हाम्रो पर्यटन उद्योगको इन्जिन हो । पर्यटन क्षेत्रमा फड्को मार्न क्लासिक ३५० मोटरसाइकलले अझै धेरै सेवा प्रदान गर्नुपर्ने हुन्छ । यसको सहयोगले नेपाल आउने पर्यटकलाई मोहित बनाउन सकिने अवस्था छ । तर, मुख्य राजमार्गहरू नै भताभुङ हुँदा भने पर्यटक नेपालमा मोटरसाइकल चलाएर हिँड्नै सोच्नुपर्ने अवस्था देखिन्छन् ।


Back_to_top