नेपाली नामका विश्वप्रसिद्ध गाडिहरु

कुनै पनि गाडि निर्माण तथा टस्टीङ्गको क्रममा सो गाडिको मोडललाई विषेश कोडनाम दिएको हुन्छ र त्यो गाडि पूर्णरुपमा तयार भएपछि मार्केटिङ्ग र बिक्री विरणको लागि त्यसलाई अर्कै नाम दिने गरिएको छ । हालै मात्र भारतमा टाटा मोटर्सले निर्माण गरिरहेको एच फाइभ एक्स यसयुभीको नामाकरण ह्यारियर गरिएको छ । उक्त नामाकरण गर्दा उक्त गाडिको विषेशता पनि प्रतिनीधित्व गर्ने किसीमको नाम राखिएको हुन्छ । नेपाली बजारमा हालसालै लन्चभएको गाडिहरु जस्तो नेक्सन, क्रेटा, फ्रिस्टाईल, क्याप्चर, स्वीफ्ट, रस आदि हुन् । यी सबै नामको आआफ्नो विषेशता रहेको छ ।  विश्वका टप मोटर उत्पादकहरुले आफ्नो उत्कृष्ट उत्पादनको नामाकरण नेपाली शब्दबाट पनि गरेका छन् । ती शब्दहरु नेपालको विषेश नाम, भूगोल र जातीहरुबाट लिएको देखिन्छ ।

१. स्कोडा यती

फक्सवागेन ग्रुप अन्तर्गतको चेकोस्लाभियामा फ्याक्ट्री रहेको स्कोडाले आफ्नो कम्प्याक एसयुभीको नामाकरण नेपालको हिमाली क्षेत्रमा पाईने मानिएको हिममानव यती राखेको हो । सन् २००९ को जेनेभा अटोशोमा प्रथम प्रदर्शन गरिएको यो स्कोडा माेटर्सको पहिलो यसयुभी मोडल हो । कम्पनीले यसलाई यती जस्तै टफ तथा जस्तोसुकै बाटोमा र विषम बातावरणीय परस्थितीमा पनि गुड्न सक्ने गरि निर्माण गरीएको जनाएको छ । स्कोडा यतीको उत्पादन २०१७ बाट स्थगित भएको छ । यसलाई स्कोडाको कारोक मोडलले रिप्लेस गरेको हाे । नेपालमा पनि स्कोडाका गाडिहरु २००८ देखि रहेका छन् र यसको बिक्रि वितरण एमएडब्लु इन्टरप्राइजेजले गर्दै आएको छ । हाल नेपाली सडकमा स्कोडाका यती मोडलका गाडिहरु गुडिरहेका छन् ।

२. फोर्ड एभरेस्ट                                                                             

सन् २००३ बाट उत्पादन सुरु गरेको फोर्ड मोटर्सको उत्कृष्ट यसयुभीको नाम हो एभरेष्ट । विश्वको अग्लो शिखरको नामबाट नामांकरण गरिएको एभरेष्टको उत्पादनको ३ वटा जेनरेशन पूरा गरेको छ । यो मोडलको यसयुभीले रक क्लाइम्भीङ्ग समेत गर्ने फिचर रहेको जनाइएको छ । अर्थात यो गाडि जस्तोसुकै ढुङ्गेनबाटोमा पनि सजिलै उक्लन सक्नेछ । अझ यो यसयुभीले पानीमा पनि उत्तीकै क्षमताले चल्न सक्छ । साथै खराब बाटो र टेरेनमा पनि यसको खास डिजाईनले उत्कृष्ट पफर्मेन्स दिने गर्छ । यसलाई युरोपियन तथा अमेरिकी बजारमा एभरेष्ट जस्तै टफ भनी प्रवर्दन गरिएको छ । नेपालमा पनि धेरै बर्षदेखि फोर्डका गाडिहरु रहेका छन् । हाल नेपालमा फोर्डका गाडिहरु गो अटोमोवाइलले बिक्रि वितरण गर्दै आएको छ । थाईल्याण्डबाट आयात हुदाँ एभरेष्ट नाममा आउने यो मोडल अहिले भारतबाट आँउदा इन्डेभर नाम दिइएको छ ।

३. रेनो शेर्पा

फ्रान्सको प्रमुख मोटर कम्पनी रेनोको उत्कृष्ट यसयुभी रेनो शेर्पा दुनियाको दमदार यसयुभीहरुमा प्रमुख पङ्ंतीमा रहेको छ । शेर्पा जाति विश्वमा साहसीक कार्यको लागि प्रशिद्ध छन् । उनिहरु टफ हुन्छन्, जस्तोसुकै परिस्थिती र वातावरणमा पनि काम गर्न सक्ने तथा विसाल हिमाल आरोहण गर्नसक्ने खालका हुन्छन् । भनिन्छ अक्सिजन बिना हिमाल चड्न सकिन्छ तर शेर्पाको सहयोग बिना असम्भब हुन्छ ।

त्यसैले रेनो शेर्पालाई पनि १० केजी सम्मको विष्फोटनले केहि नहुने किसीमले मजबुद बनाइएको छ ।  सुरुमा रेनो शेर्पालाई मीलीटरी भेइकलको रुपमा बजारीकरण गरिएको थियो । तर अब रसिया, अफ्रिका तथा मध्य एशियन देशहरुमा सामान्य नागरिकरुलाई पनि यो यसयुभी उपलब्द छ । नेपालमा पनि रेनोका गाडिहरु उपलब्द रहेका छन् । एडभान्स अटोमोवाइलले नेपालमा रेनोका गाडिहरु बिक्रि वितरण गरिरहेको छ तर नेपालमा शेर्पा मोडलको आयात गरिएको छैन ।


Back_to_top