काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनी होजोन मोटर्सका उत्पादनले सन् २०२३ लागेसँगै निकै राम्रो विक्री भेट्टाउन सफल भएको छ । उदयमान स्टार्टअप कम्पनीले अप्रिल महिनामा नेटा ब्राण्डको ११ हजार ८० वटा कार विक्री गर्न सफल भएको हो ।
कम्पनीले विगत ३ महिनादेखि प्रत्येक महिना १० हजारभन्दा बढि सवारी वेच्न सफल भएको छ । कम्पनीले नेटा ब्राण्डका ईभीहरु गत वर्षको अप्रिल महिनामा जम्मा ८ हजार ८१३ यूनिट मात्रै बेचेको थियो ।
यो वर्षको अप्रिलमा नेटाको विक्री गत वर्षको अप्रिलको तुलनामा २५.७२ प्रतिशतले बढेको हो । जनवरीमा ६ हजार हाराहारी यूनिट मात्रै विक्री गरेको कम्पनीले त्यसपछिको वृद्धि बढाउँदै लगेको हो । कम्पनीले फ्ल्यागसिप सेडान नेटा एस मात्रै २ हजार २३७ यूनिट रहेको छ ।
नेटाले यस वर्षको पहिलो ४ महिनामा ३७ हजार २५६ यूनिट बिक्री गर्न सफल भएको छ । नेटाले यो वर्ष ३ लाख यूनिट ईभी वेच्ने लक्ष्य राखेको छ । कम्पनीले अप्रिल १८ मा सुरु भएको संघाई अटो शोमा नेटा जीटी स्पोर्टस कार लन्च गरेको थियो ।
नेटाले नेटा एसको अलावा नेटा भी ह्याचव्याक र नेटा यू कम्प्याक्ट क्रसओभर मोडलसमेत विक्री गर्दै आएको छ ।
होजोन मोटर्सको उत्पादन नेपालमा पनि विक्री वितरण हुँदै आएको छ । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेटा भी मोडल ल्याएर नेपाली बजारमा विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने यो मोडल अहिले नेपालमा सफल इलेक्ट्रीक कार मध्येको एक हो ।


