टु–ह्वीलर निर्माता कम्पनी बजाजले फ्लेगसिप डोमिनार–४०० लाई परिमार्जित भर्सनमा ल्याउने तयारी गरेको छ । रोड–टेस्टिङ्गमा सफल भएको २०१९ बजाज डोमिनारले स्ट्रीट–फाइटरसँग प्रतिस्पर्धा गर्ने अनुमान लगाइएको छ । परिमार्जित डोमिनारको फ्रन्ट–सस्पेन्सन सिस्टमलाई परिवर्तन गरिएको छ ।
सेग्मेन्ट स्ट्यान्डर्डमा आधारित इन्भर्र्टेड टेलिस्कोपिक युनिटले रेगुलर टेलिस्कोपिक–फर्कलाई रिप्लेस गरेको कम्पनीले जनाएको छ । साथै, मोटरसाइकलमा डबल–क्यान साइलेन्सर लगाइएको छ । ग्राहकको प्रतिक्रियाबमोजिम मोटरसाइकललाई परिमार्जन गरिएको बताउँदै कम्पनीले भाइब्रेसनको समस्या हट्नुकासाथै ग्राउन्ड क्लियरेन्समा वृद्धि भएको दाबी गरेको छ ।
त्यस्तै, कम्पनीले मोटरसाइकलमा वाइड–ह्यान्डलबार र लामो पिलिन–सिट लगाएको छ । साथै, भ्यू–मिरर, ब्रे–क्याबल्स, ठूलो–रेडिएटर, न्यू–लेगार्ड, परिमार्जित डिजिटल इन्ट्रुमेन्ट कन्सोल र फ्रन्ट–फेन्डरमा ब्रेकका लागि भेन्ट लगाउने तयारी गरेको छ ।
साथै, ईसीयू हार्डह्वेयर तथा सफ्टवेयरलाई अपडेट गरिएको छ । कम्पनीकाअनुसार मोटरसाइकलमा ३७३.३ सीसी क्षमताको डीओएचसी इन्जिन लगाइएको छ । भारतीय इमिसन नियम बीएस–६ मा आधारित न्यू–डोमिनारमा उपलब्ध इन्जिनले ३५ पीएस पावरकासाथै ३५ एनएम–टर्क उत्पादन गर्छ । मोटरसाइकलको पावरट्रेनमा परिमार्जन गर्न माग गरिएको थियो ।
ह्वीलको बायाँपट्टि फ्रन्टडिस्क–ब्रेक लगाइएको छ । साथै, मोटरसाइकलमा डबल च्यानल एबीएस–फिचर्स दिइएको छ ।
२०१९ बजाज डोमिनार यो वर्षको अन्त्यमा सार्वजनिक गर्ने कम्पनीको तयारी छ । यसको मूल्य १ लाख ६२ हजार भारु निर्धारण गरिने कम्पनीले जनाएको छ ।

