९% ब्याजमा गाडी कर्जा खोज्दै हुनुहुन्छ ? राष्ट्रिय बाणिज्य बैंक जानुस्

काठमाडौं । दशैंको समयमा गाडी किन्ने सस्तो लोनको खोजिमा हुनेलाई राष्ट्रिय बाणिज्य बैंकले ९ प्रतिशत ब्याजदरमा अटो लोन दिने शुभ कार योजना सार्वजनिक गरेको छ । 

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको अधिकतम मूल्यको ६५ प्रतिशतसम्म कर्जा प्रबाहगर्न पाउने नियमलाई टेकेर ल्याएको यो कर्जाको अवधिभने ७ वर्षको हुनेछ । 

निवेदन दिएको सात दिनभित्र कर्जा प्रबाह गरिसक्ने जनाएको बैंकले ब्याजदर ९ प्रतिशतदेखि ९.५ प्रतिशतसम्म रहने जनाएको छ । 

विशेष गरेर यो दशैं तथा तिहारलाई लक्ष्य बनाएर ल्याईएको यो योजना कार्तिक मसान्तसम्म मात्र लागुहुने बैंकले जनाएको छ ।  


Back_to_top