काठमाडौं । हुन्डाई मोटर्सको सबैभन्दा सफल कम्प्याक्ट एसयूभी क्रेटाको नयाँ जेनेरेशन मोडलको भारतमा बुकिङ खुला भएको छ ।
हुन्डाई मोटर्स इण्डियाले यही महिनाको अन्तिमसम्म लन्च गर्ने तयारी गरेको नयाँ हुन्डाई क्रेटाको आजदेखि बुकिङ खुलाएको हो ।
भारतीय ग्राहकले २५ हजार भारु तिरेर नयाँ हुन्डाई क्रेटाको बुकिङ गर्न सक्नेछन् । नयाँ क्रेटा हुन्डाईको ग्लोबल डिजाइन ल्याङ्वेज सेन्सियोस स्पोर्टिनेसमा आधारीत रहेको छ ।
यसमा आकर्षक डिजाइन, प्रिमियम इन्टेरियर तथा स्पेशियस क्याबिन रहेको छ । जसले आधुनिक ग्राहकहरूको कम्फर्ट र कन्भिनियन्सको आवश्यकतालाई पूरा गर्नेछ ।

नयाँ क्रेटामा रोबस्ट एक्टेरियर डिजाइन तथा प्रिमियम इन्टेरियरको मिश्रण रहनेछ । यसको नयाँ कमान्डिङ फ्रन्ट लुक्स, नयाँ रेडियटर ग्रिल डिजाइन, रोबस्ट हुड डिजाइनले यसको रोड प्रेजेन्स आकर्षक बनाउने छ । यो एसयूभीमा एड्भान्स हाइटेक फिचरहरूको साथै नयाँ डिजाइनको इन्ट्रीग्रेटेड इन्फोटेन्मेन्ट स्क्रीन तथा डिजीटल क्लस्टरले फ्यूचरिस्टिक अनुभव गराउनेछ ।
नयाँ क्रेटामा सेफ्टीको लागि ३६० डिग्री क्यामरासहित एड्भान्स एक्टीभ र प्यासीभ फिचरहरू रहनेछ । कम्पनीले ६ थरी मोनोटोन कलर, १ डिउलटोन कलर अफर गरेको छ । नयाँ क्रेटा भारतीय बजारमा १७ थरिको पेट्रोल भेरियन्ट तथा ११ फरक डिजल भेरियन्टमा बुकिङ खुला गरेको हो ।

नयाँ हुन्डाई क्रेटामा तीन फरक इन्जिन अप्सन पाउन सकिन्छ । यसमा १.५ लिटरको कप्पा टर्बो जीडीआई पेट्रोल, १.५ लिटरकै एमपीआई पेट्रोल र १.५ लिटरको सीआरडीआई डिजन इन्जिनको अफर रहेको छ ।
त्यस्तै, क्रेटामा ६ स्पीड म्यानुअल, इन्टेलिजेन्ट भेरियबल ट्रास्मिसन, ७ स्पीड ड्युल क्लच ट्रास्मिसन र ६ स्पीडको अटोमेटिक ट्रास्मिसनसहित ४ फरक ट्रास्मिसन अप्सनको छनोट सुविधा रहेको छ ।

