सनरुफसहितको नयाँ ईको स्पोर्ट नेपाल आउँदै, कति पर्ला मूल्य ?

काठमाडौं । केही दिनअघि भारतीय बजारमा फोर्डको नयाँ ईको स्पोर्ट कम्प्याक्ट एसयुभीको सार्वजनिक गरिएको छ । कम्पनीले भारतमा मे १० मा यसको आधिकारीक लञ्च गरेको हो । 

नयाँ सार्वजनिक भएको ईको स्पोर्टको एस र सिग्नेचर दुई मोडल रहेका छन् । भारतीय बजार (दिल्ली) मा यसको मूल्य १० लाख ४० हजार देखि ११ लाख ८९ हजार तोकिएको छ । 

उपभोक्ताले कारमा सनरुफको धेरै माग गरेकाले आफुहरले सनरुफसहितको कार ल्याएको फोर्ड इन्डियाले जनाएको छ । 

पावर

पेट्रोल र डिजल दुबै भेरिएन्टमा उपलब्ध यो कारमा पेट्रोल इन्जिन १.० लिटरको छ भने, डिजेल भेरिएन्टमा १.५ लिटर इन्जिन दिइएको छ । 

१.० लिटर पेट्रोल इन्जिनले १२३ बीएचपी पावर र १७० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । १७ इन्चको अलोय ह्वील दिइएको यस कारमा हेडलाईट, फगलाईट जस्ता फिचरमा परिर्वतन गरिएको छ । 


नेपालमा कहिले ?

‘भारतीय बजारमा भर्रखरै लञ्च भएको छ, हामीले नेपाल ल्याउने तयारी सुरु गरिसकेका छौ । यहि दिनबाट नेपालमा आँउछ भन्न सकिने अबस्था छैन तर, एकदमै चाँडै हामी ल्याउने छौं ।’ नेपालका लागि फोर्डको आधिकारी बिक्रेता जीओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले मेरोअटो डटकमलाई बताए । 

यसअघि नेपाली बजारमा आएको पहिलो कम्प्याक्ट एसयुभीले नेपाली बजारमा निकै ठुलो चर्चा पाएको थियो । 

नयाँ आउने तयारीमा रहेको यो एसयुभीको नेपाली बजारमा मूल्य कति पर्छ भन्ने कुराको टुङ्गो लागेको छैन ।


Back_to_top