काठमाडौं । यामाहाले ‘आर थ्री’ को नयाँ २०२१ मोडल सार्वजनिक गरेको छ । यामाहाले जापानमा नयाँ यामाहा आर ३ सार्वजनिक गरेको हो ।
विभिन्न तिन कलर अप्सनमा सार्वजनिक भएको नयाँ ‘आर थ्री’ डिप व्ल्यू, क्लेन मेटालिक र म्याट डार्क व्ल्यू कलरमा उपलब्ध हुने छ ।
यामाहाले ‘आर थ्री’मा कुनैपनि मेकानिकल परिवर्तन नभएको जनाएको छ । यसमा ३२१ सीसी क्षमताको प्यारलल् ट्वीन इन्जिन उपलब्ध रहेको छ । उक्त इन्जिनले ४२ पीएस पावर र २३ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीडको गियरबक्स दिइएको छ ।
नयाँ ‘आर थ्री’मा पनि पहिलेको जस्तै अगाडि टेलिस्कोपिक फर्क र पछाडि प्रिलोडेड एड्जस्टेवल मोनोशक दिइएको छ । यो मोटरसाइकलको अगाडि २९८ एमएमको डिस्क र पछाडि २२० एमएमको डिस्क ब्रेक उपलब्ध रहेको छ । यसमा ड्यूल च्यानल एबीएस उपलब्ध रहेको छ ।
नयाँ ‘आर थ्री’मा नयाँ डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ । एलइडी हेडल्याम्प, एलइडी टेलल्याम्प दिइएको छ भने फ्यूल ट्याङ्क पुरानै १४ लिटर क्षमताको प्रयोग गरिएको छ ।
नेपालको लागि यामाहाको आधिकारीक विक्रेता एमएडब्ल्यू इन्टरप्राइजेज्ले जेपालमा पनि यामाहा ‘आर थ्री’ विक्री गर्दै आएको छ । यस्तोमा कम्पनीले नयाँ अपग्रेड ‘आर थ्री’ नेपाल ल्याउन सक्ने छ ।

