यस्तो आउँदै छ नयाँ फोर्ड ‘फिगो’, हेर्नुस् विशेषता र मूल्य

काठमाडौं । फोर्ड ‘फिगो फेसलिफ्ट’ अबको केही महिनामा बजारमा आउने भएको छ । ह्याचक्याक कारमा आफ्नो बजार हिस्सा कायम राख्न पुनः फोर्डले फिगो ह्याचब्याकको फेसलिफ्ट भर्सन ल्याउन लागेको जनाएको छ । 

कम्पनीले नयाँ मोडल उत्पादन गर्नुभन्दा ह्चब्याक सेगमेन्टमा फिगोकै नयाँ मोडल सार्वजनिक गर्ने निष्कर्षको साथ फेसलिफ्ट भर्सन ल्याउन लागेको जनाएको छ । फेसलिफ्ट भनिएपनि यसमा निकै ठुलो परिर्वतन गरिएको छ । 

फिगो फेसलिफ्ट पुरानो मोडलको तुलनामा केही महंगो हुने छ । पुरानो फिगोको मूल्य नेपाली बजारमा करिब ३० लाख रुपैयाँको हाराहारीमा पर्ने छ । भारतीय बजारमा पुरानो भन्दा नयाँ फिगो करिब ३० हजार रुपैयाँ महंगो पर्ने छ । 

ड्रागन फ्यामेली सेगमेन्टमा रहेको फोर्ड फिगोमा नयाँ पेट्रोल इन्जिन दिइएको छ । दुई इन्जिन क्षमतामा आउने नयाँ फोर्ड फिगो १.२ लिटर र १.५ लिटर इन्जिनमा क्षमतामा उपलब्ध हुने छ । 

१.५ लिटर टीडीसीआई पेट्रोल इन्जिन युक्त यो कारमा ५ स्पिड म्यानुअल गेयर बक्स दिइएको छ । यो कारले ९९ बीएचपी पावरमा ३७५० आरपीएम र ४२५० आरपीएममा २१५ एनएम टर्क उत्पन्न गर्छ । 

फिगो फेसलिफ्टले प्रतिलिटर २५.८३ किलोमिटर माइलेज दिने दाबी कम्पनीले गरेको छ । नयाँ फेसलिफ्ट १.५ लिटरमा प्रयोग भएको ड्रागन इन्जिन फोर्ड इकोस्पोर्टमा पनि प्रयोग भएको इन्जिन हो । 

२०१९ मोडलको नयाँ फिगोमा सेफ्टी फिचरलाई विशेष ध्यान दिइएको छ । महंगो मोडलमा ६ वटा एयरब्याग, इबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, सिटबेल्ट वार्निङ, स्पिड सेन्सिङ डोर लकलगायत विशेषता रहेका छन् । 


Back_to_top