महिन्द्राको ‘एक्सयुभी ५०० फेसलिफ्ट’ आयो, यस्तो छ परिर्वतन

काठमाडौं । भारतीय सवारी उत्पादक कम्पनी महिन्द्राले गत महिना औपचारिक रुपमा एक्सयुभी५०० को फेसलिफ्ट भर्सन सार्वजनिक गर्यो । यो कारको सुरुवाती मूल्य १२ लाख ३८ हजार भारु रहको छ । एक्सयुभी५०० विभिन्न पाँच भेरियन्ट डब्लू५, डब्लू७, डब्लू९, डब्लू११ र डब्लू११ (ओ)मा उपलब्ध रहेका छन् । उक्त मोडल मध्ये सबैभन्दा शक्तिशालि डब्लू११ (ओ) भएको कम्पनीले जनाएको छ । 

एक्सयुभी५०० डब्लू११ (ओ) मा १८ इन्चको डाइमन्ड कट बलोयय ह्वील रहेको छ जसका कारण उपभोक्ताले यो कार मन पराएको डिलरहरुले जनाएका छन् । हाइ इन्ड मोडलमा इलेक्ट्रीक सनरुफ, इलेक्ट्रीकल्ली एडजस्टेवल ड्राइभिङ सिट, नयाँ टच स्क्रिन लगायत विशेषता समावेश छन् । 

महिन्द्राले यो गाडीको डिजाइनमा निक्कै परिवर्तन गरेको छ । नयाँ एक्सयुभी५०० मा बम्पर तथा हेडल्याम्पसमेत परिवर्तन गरिएको छ । नयाँ मोडलमा दुई वटा नयाँ रंग थपिएको छ, जुन हो क्रिमसन रेड र मिस्टिक कपर हुन् । 

फेसलिफ्ट मोडल आउनु पूर्व महिन्द्रा एक्सयुभी५०० गतवर्ष यसको बिक्रीमा भारी गिरावट आएको थियो । यो कारले टाटाको हेक्जा र जिप कम्पाससँग प्रतिस्पर्धा गरि रहेको छ । नयाँ मोडल सार्वजनिक भएपछि एक्सयुभीको बुकिङ तथा बिक्री उल्लेख्य बढेको छ । 

महिन्द्रा एक्सयुभी५०० मा २.२ लिटर एमहक इन्जिन प्रयोग गरिएको छ, जसले १५५ बीएचपीमा ३७५० आरपीएम र ३६० एनएम टर्क दिन्छ । यो गाडीमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन रहेको छ । 


Back_to_top