काठमाडौं । रेनो चर्चित एसयूभी डस्टरको नयाँ जेनेरेशन मोडल नोभेम्बर २९ मा पोर्चुगलबाट सार्वजनिक गरिने भएको छ । कम्पनीले डस्टरको प्याटेन्ट इमेज दर्ता गरेसँगै यसको तस्बिर र सार्वजनिक गर्ने मितिसमेत घोषणा गरेको हो ।
नयाँ जेनेरेशन रेनो डस्टर कम्पनीको अर्को ब्राण्ड डासियाको बिगस्टरमा आधारित भएर बनाइएको देखिन्छ । बिगस्टर ४.६ मिटर लामो भएता पनि रेनोको डस्टर भने तस्बिरमा त्यति लामो देखिएको छैन ।
यो एसयूभीमा हाइबनेट लाइन, फरक छुट्टीने वाई सेपकोे हेडल्याम्प, पातलो ग्रिल डिजाइनले दुबै हेडलाइटलाई जोडेको जस्तो देखिएको छ । लोअर बम्परमा फ्ल्याट डिजाइनमा बुलबार रहेको छ । जसमा दुबै साइडमा भर्टिक एयरड्याम दिएको देखिन्छ ।
यसमा बिगस्टरको जस्तै स्क्वायर अफ ह्वील आर्क, रुफरेल स्पोइलर, तथा पूरानो डस्टरको जस्तै रियर क्वाटर ग्लास दिएको छ । लिक भएको इमेजमा देखिए अनुसार नयाँ डस्टरमा टेन स्पोक अलोय ह्वील र नयाँ डिजाइनको बडी क्लाइडीङ रहेको दखिन्छ ।
त्यस्तै यसको रियरमा दिएको भीसेपको टेललाइटले यसलाई भिडमा तुरुन्तै फरक छुट्टाउन सकिने किसिमको देखिन्छ ।
विश्व बजारमा नयाँ रेनो डस्टर तीन इन्जिन अप्सनका साथ उपलब्ध हुनेछ । यसको इन्ट्री लेभल भेरियन्टमा १२० हर्सपावर दिने १.० लिटर क्षमताको टर्बो पेट्रोल, इन्जिन रहने छ ।
त्यसैगरी १४० हर्सपावर दिने १.२ लिटर पेट्रोल हाइब्रिड र फ्लेक्स फ्यूलबाट चल्ने १७० हर्सपावर दिने १.३ लिटरको टर्बो पेट्रोल टप भेरियन्टमा रहनेछ ।
रेनो इण्डियाले पनि भारतमा इफिसीयन्सी बढाउन डस्टरमा स्ट्रङ हाइब्रिड तथा प्लगइन हाइब्रिड ल्याउने सम्भावना रहको बताइन्छ । भारतमा भने नयाँ जेनेरेशन डस्टर सन् २०२५ मा मात्र उपलब्ध हुने सम्भावना रहेको छ ।


