निषेधाज्ञा खुकुलो भएसँगै विक्री सुरु हुँदै यी नयाँ कार र मोटरसाइकल

काठमाडौं । करिब ५२ दिनपछि विस्तारै निषेधाज्ञा खुकुलो पार्दै बजारहरु खोल्ने स्थानीय प्रशासनले निर्णय गरेसँगै बजारमा आर्थिक गतिविधि बढ्ने भएको छ । सबै किसिमका गतिविधिलाई चलायमान बनाउने अटोमोवाइल क्षेत्रमा पनि नयाँ उत्पादनहरु बजारमा सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

निषेधाज्ञाका कै कारण बजारमा बैशाख अन्तिममा आउने भनिएको रेनो काइगर पर धकेलिएको थियो । अबभने आगामी शुक्रबारबाट यसको विक्री सुरु हुने भएको छ ।

त्यसैगरि बैशाखमा नै नेपालमा विक्री सुरु गर्ने तयारी गरेको होन्डा हाइनेस सिबी ३५० को निषेधाज्ञा कै समयमा सार्वजनिक भएको थियो । अब शोरुमहरु खुल्ने भएकाले यसलाई सहजै ग्राहकले खरिद गर्न सक्ने छन् ।

त्यसैगरि ग्रेटवालले आफ्नो तीन नयाँ मोडलसहित नेपाली बजारमा प्रबेश गरेको छ । कम्पनीले थापाथलीमा रहेको आफ्नो शोरुमबाट ग्रेटवाल पोयर पीकअप र हावल ब्राण्डको जोलीयन र एच सिक्स एसयूभीको विक्री सुरु गर्दैछ । भिजी इम्पेक्सले यसलाई लकडाउनको समयमा नै नेपाल ल्याएको हो ।

हुन्डाईले नयाँ जेनेरेशन टुसानको विक्री सुरु गर्ने भएको छ । कम्पनीले अबको केही दिन भित्रै नयाँ टुसानको विक्री सुरु गर्नेछ । त्यस्तै जीप कम्पास फेसलिफ्ट, माज्दा सिएक्स ९ जस्ता मोडल नेपाल आइसकेका छन् ।

रोयल इन्फिल्डको मेटोर ३५० पनि केही दिन भित्रै विक्री सुरु हुने अर्को मोटरसाइकल हो । कम्पनीले बैशाख अन्तिममा नै यसको विक्री सुरु गर्ने तयारी गरेको भएपनि निषेधाज्ञाको कारण संम्भव भएको थिएन ।

टाटा नेक्सन इभी र नयाँ जेनेरेशन विवाइडी इ सिक्स पनि अबको केही हप्ता भित्रै नेपालमा विक्री सुरु हुने भएको छ । टाटा नेक्सन इभी पहिलो पटक नेपाल आउने तयारीमा रहेको छ भने विवाइडी इ सिक्स नेपालमा अहिले पनि विक्री हुँदै आएको छ । यी दुबै इलेक्ट्रीक कार उच्च ग्राउन्ड क्लेयरेन्सको लागि चर्चित रहेका छन् ।

यामाहाले बीएस ६ इन्जिनमा आफ्ना केही मोडल विक्री सुरु गर्ने भएको छ । आधिकारीक वितरक एमएडब्लुका अनुसार एफजेड सिरिज, एमटी १५ र आर १५ भि थ्री जस्ता मोडल विएस ६ इन्जिनमा उपलब्ध हुने छन् ।

महिन्द्रा थार, हुन्डाई आई २०, हुन्डाई प्लासाइड, स्कोडा कुशक जस्ता मोडल पनि चाँडै नेपालमा विक्री सुरु हुने छन् ।


Back_to_top